पुल निर्माण अपपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो



न्युज अफ नेपाल, काठमाडौं ।

मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु र नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ ।

पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गर्ने मध्यमहाडी राजमार्ग कार्यालयले जनाएको छ ।

पप्पुरनेपाल प्रगति जेभीले खुर्कोट घुर्मी सडक अन्तगरत खाङसाङ र सोलुखोलामा पुल बनाउन २०६८ सालमा सम्झौता गरेका थिए । तर पटक–पटक स्पष्टिकरण सोध्दा चित्त बुझ्दो स्पष्टिकरण नदिएको र काम सुरु नगरेकाले ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

सम्झौता गर्दा राखेको धरौटी रकम पनि जफत गर्ने र ६ करोड ६० लाख २२ हजार रुपैयाँ जरिवाना भराउने पनि आयोजनाले जनाएको छ । ३५ दिनभित्र ६ करोड ६० लाख रुपैयाँ सरकारको खातामा नबुझाए पप्पु र नेपाल प्रगति जेभीको अरु सम्पत्तिबाट असुल गरिने पनि आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्