पर्यटकका पाइला  पुग्नै पर्ने प्रमुख  ६ पदयात्रा



ढुनबहादुर बुढाथोकी, “सङ्घर्ष”
ड्डनेपालको सौन्दर्यता वर्णन गरेर सकिँदैन। यसको कारण हो– प्राकृतिक र भौगोलिक विविधताको संगम। गौरव गर्न मिल्ने कुरा चाहिँ विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेकोमा आठ वटा नेपालमै छन्। यहाँसम्म कि ६ हजार मिटरभन्दा अग्ला १ हजार ३ सय हिमाल नेपालमै पर्दछन्। जसको अर्थ नेपालमा साहसिक पदयात्राको प्रचूरता छ भन्ने नै हो।  नेपालमा सन् १९५०को दशकमा पर्वतारोहण खुला भएसँंगै पदयात्राको प्रारम्भ भएको पाइन्छ। भौगोलिक आधारमा नेपालको पदयात्रलाई अन्नपूर्ण, लाङटाङ, मनास्लु, सगरमाथा र कञ्चनजङ्गा गरी पाँच प्रमुख भागमा विभक्त गर्न सकिन्छ। यसअन्र्तगत अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविर, कञ्चनजङ््घा आधार शिविर, मकालु आधार शिविर, अन्नपूर्ण सर्किट, धौलागिरि सर्किट, मनास्लु सर्टिक, लाङटाङ उपत्यका, माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, रारा ताल, अन्नपूर्ण–धौलागिरी पानोरमा विशेष रुचाइका गन्तव्य हुन्। तथापि कुनै अमुक पदयात्रालाई उत्कृष्ट भन्नु र अरूलाई कम महत्वको गन्तव्यको संज्ञा दिनु अन्यायपूर्ण हुन्छ।प्रस्तुत आलेखमा प्राकृतिक छटा, यात्रा गर्न लाग्ने समय, यात्राको लागत, जोखिमको स्तर, भौगोलिक तथा सांस्कृतिक विविधता आदि आधारमा मुख्य ५ वटा पदयात्राहरूको चर्चा गरिएको छ :
१. सगरमाथा आधार शिविर
विशेषता

८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथा विश्वको सर्वोच्च शिखर हो। खुम्बु क्षेत्रअन्तर्गत पर्ने सगरमाथा विश्वको छानो कहलाउँछ। सन् १९५३ मे २९ मा न्युजिज्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले प्रथम पटक यसको आरोहण गरेका थिए। सगरमाथाको अलावा लोत्से, चोयु, पुमोरी, अमादब्लम हिमाल खुम्बु क्षेत्रअन्तर्गत पर्दछन्।
पदयात्रा दृष्टिकोणबाट सहज, लागतका हिसाबले किफायती गन्तव्य मानिन्छ यो।यहाँ पदयात्राका लागि कुनै निषेध गरिएको छैन। भलै सगरमाथा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न भने अनुमति लिनुपर्दछ। सेप्टेम्बर–नोभेम्बर तथा मार्च–मे सगरमाथा आधार शिविर पदयात्राको लागि उपयुक्त समय मानिन्छ।
पदयात्रा विधि 
सगरमाथा आधार शिविर पुग्न पदयात्री लुक्ला पुग्नुपर्दछ। राजधानीबाट ४० मिनेटको उडान भरेर लुक्ला पुग्न सकिन्छ। आधार शिविर पुग्न दुई विकल्प छन्। पहिलो विकल्पबाट  नाङपाला, रेन्जोलापास, गोक्यारी, चोलापास हुँदै र दोस्रोबाट नाम्चे, तेङबोचे, पाङबोचे, दिङबोचे, फेरिचे, छुकुङ, आमालाप्चापास, लोबुचे, गोरक्षेप हुँदै आधार शिविर पुग्न सकिन्छ। लुक्लाबाट–आधार शिविर चारदेखि सात दिन लाग्न सक्दछ। आधार शिविरको समानान्तर तर उचाइमा रहेका कालापत्थरसम्म पदायात्रुहरू जान रुजाउँछन्।
दृश्यावलोकन
गोक्यारीको पथ चयन गर्दा सगरमाथा, मकालु, ल्होत्से, नुप्से, आमादब्लबम, थामसेर्कु हिमाल, हिम चितुवा, रातोपान्डा, मृग, कस्तुरीलगायतका हिमाली वन्यजन्तु दृष्टिगोचर गर्ने अवसर पदयात्रीलाई मिल्दछ।
तेङबोचेको पथ चयन गर्दा तेङबोचेको प्रभातकालीन सूर्योदय, चार हजार मिटर उचाइको तेङबोचे गुम्बा, छुकुङ, मकालु, खुम्बु उपत्यका, खुम्बु हिमनदी, ५ हजार २ सय मिटरको गोरक्षेप, तामाङ, शेर्पा, गुरुङ तथा थामी जातिको धर्म–संस्कृति, रातोपान्डा, हिमचितुवा, भालुलयायताका दुर्लभ जीवजन्तु  अवलोकन गर्न सकिन्छ।
२. अन्नपूर्ण आधार शिविर 
विशेषता
८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो। अन्नपूर्ण हिमालको पहिलो आरोहण सन् १९६० को जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले गरेका थिए। अन्नपूर्ण अत्यन्त रुचाइएको पदयात्रा कहलिन्छ।
कठिनाइका दृष्टिकोणबाट मध्यम, लागतका हिसाबले किफायती मानिने अन्नपूर्ण आधार शिविर ४ हजार ३ सय मिटर उचाइमा रहेको छ। बास तथा खानपिनको समस्या झेल्नुु नपर्ने, कुनै निषेध नगरिएको अन्नपूर्ण पदयात्राका खातिर अक्टुबर १५ देखि डिसेम्बर १५ को समयावधि उपयुक्त मानिन्छ।
पदयात्रा विधि
अन्नपूर्ण पदयात्रका लागि काठमाडौंबाट पोखरासम्म हवाइ वा सडक यातायात गरी पुग्न सकिन्छ। यात्रा थालनीको पहिलो दिन घोेरेपानी, दोस्रो दिन पुनहिल, तेस्रो दिन  छोम्ररुङ, चौथो दिन हिमालय, पाँचौं दिन माछापुच्छ« बेसक्याम्प हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ। अन्नपूर्ण पदयात्राका निमित्त १२ दिन छुट्याउनु उपयुक्त हुन्छ।
दृश्यावलोकन
पदयात्रीलाई माइती हिमालय श्रृंखलाअन्तर्गतका दक्षिण अन्नपूर्ण, हिमचुली, माछापुच्छ«े, अन्नपूर्ण तेस्रो, गंगापूर्ण, ब्रा≈मशिखर, अन्नपूर्ण प्रथमको छटा, विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुंगी, पहाडैभर राताम्यै फुलेका लालीगुराँस, हिउँले छपक्कै छोपिएको पहाड, पहेलो जौंजस्ता घाँस, ठूल्ठूला पत्थर, ती पत्थरका कापबाट फुटेको कञ्चन पानी, सूर्य अस्ताउँदाको लागि किरण, हिमालसँग लुकामारी खेल्दै उदाइरहेको चन्द्रमाको दृश्य, छहरा, पहरा, गुरुङ संस्कृति आदि दृष्टिगोचर गर्ने अवसर प्राप्त हुन्छ। स्तरीय खानाको मेनु, आरामदायी बास र इन्टरनेट सुविधासमेत यस यात्रामा उपभोग गर्न सकिन्छ।
पदयात्रीले यात्रालाई अन्नपूर्ण सर्किटको रूपमा पनि रूपान्तरण गर्न सकिन्छ। अन्नपूर्ण सर्किटअन्तर्गत प्रशिद्ध धार्मिक स्थल ‘मुक्तिनाथ’ विश्वकै गहिरो गल्छी ‘कालीगण्डकी’ विश्वकै सर्वाधिक उचाइको ताल तिलिचो, नेचुरल हट स्प्रिेङ ‘झिनु’ पर्यटकीय गाउँ ‘घान्द्रुक’, ५ हजार ४ सय मिटर उचाइको भन्ज्याङ ‘थोराङलापास’ नेपालकै लामो झरना ‘रूपसे’ पर्यटकीय क्षेत्र ‘कागवेनी’ तथा जोमसोमको छटासमेत अनुभूति गर्न सकिन्छ।
३. कञ्चनजङ्गा आधार शिविर पदयात्रा 
विशेषता
८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजङ्गा विश्वको तेस्रो  अग्लो हिमाल हो। नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा पश्चिम बंगाल राज्यको सीमानामा पर्ने यस हिमालको सन् १९५५ मे २५ मा बेलायती नागरिक जि ब्यान्ड र जे ब्राउनले पहिलो पटक आरोहण गरेका थिए। नेपाल सरकारले भने सन् १९८८ मा मात्र पदयात्रा खुला गरेको हो।
यात्राविधि
कञ्चनजङ्गा पदायात्राको निमित्त काठमाडौं पदार्पण गरेको पदयात्री ताप्लेजुङ पुग्नुपर्दछ। त्यहाँ सडक तथा हवाइ यातायातबाट पुग्न कुनै कठिन छैन। पदयात्रा ताप्लेजुङको देउरालीबाट प्रारम्भ गरी लालीखर्क, भुम्पेडाँडा, यम्फुदिनी, लासे भन्ज्याङ, तोरोङ्गोडेन, चाराम, रामजे, मिरजेन लापास, सेले लापास, ग्याब्ला, चिरुवा, सिकटुम, अम्जला, खाप्ला, घुुन्साको यात्रा हुँदै ५ हजार ४ सय मिटरको उचाइमा रहेको आधार शिविर पुग्न सकिन्छ। ५ हजार १ सय मिटर अग्लो लाप्साङ पास पदयात्रीले यात्राका क्रममा तय गर्नुपर्छ।
पदयात्रीले कञ्चनजङ्गा हिमालको उत्तरपश्चिको ल्होनाकसम्म र दक्षिण–पश्चिमको राम्जे–ओक्टाङसम्म नै मौसमी होटल पाउन सकिन्छ। पदयात्राका लागि २५ दिनको समयावधि छुट्याउनु उपयुक्त हुन्छ।
तथापि कञ्चनजङ्गा आधार शिविरको आफूखुसी पदयात्रा भने गर्न नसकिने हँुदा पदयात्राका लागि कम्तिमा दुई जना पदयात्रीसहित एकजना नेपाली पथप्रदर्शक वा भरिया साथमा लैजानु अनिवार्य छ। पदयात्राको लागि मार्च– मे र अक्टुबर नोभेम्बरको समय चयन गर्नु उपयुक्त हुन्छ।
दृश्यावलोकन
पदयात्रीले कञ्चनजङ्गा हिमालको मनमोहक छटा, हिमाल समिका हिमनदी, छङछङ बग्ने कञ्चन खोलानाला तथा झरनाको आनन्द लिन पाउँछन्। कञ्चनजङ्गा संरक्षण क्षेत्रसमेत यसै खण्डमा पर्ने हँुदा २४ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभा, रेडपान्डा, तिब्बती जंगली कुकुर, भालु, नाउर, लिंडे, मुसा, घोरल, झारल, हिम चितुवा, डाँफे, मुनाल, चीर, कालिज, कालो भालु, कस्तुरी मृग, पहरे बाँदरलगायतका जीवजन्तु तथा पशुपंक्षी, सुनाखरी, कुटकी जटामसी, सुगन्धबाल लौठसल्ला पाँचऔंले लगायतका जडीबुटी बोटबिरुवा र पूर्वी नेपालको कला संस्कृति, लिम्बु म्युजियम  दृष्टिगोचर गर्ने अवसर पदयात्रीलाई मिल्दछ।
४.  मकालु आधार शिविर पदयात्रा
विशेषता
८ हजार ४ सय ६३ मिटर उचाइको मकालु विश्वको पाँचौं अग्लो शिखर हो। यो सगरमाथा १९ किलोमिटर दक्षिणपूर्व महालंगुर हिमालय पर्वत श्रृंखलाअन्तर्गत पर्दछ। नेपाल–तिब्बत सिमानामा पर्ने मकालु हिमालको सन् १९५५मा अमेरिकी आरोही लाइनल टेरी र जिन कोजीले पहिलो पटक आरोहण गरेका थिए।
पदयात्रा विधि 
मकालु आधार शिविर पदयात्राका लागि हवाइ वा सडक यातायातमार्फत संखुवासभा पुग्नु पर्दछ। काठमाडौंबाट ४० मिनेटको उडानमा तुम्लिंटार पुग्न सकिन्छ। पदयात्राको पहिलो दिन नुम, दोस्रो दिन सेदुवा, तेस्रो दिन डाँडाखर्क, चौथो दिन दोबाटे, पाँचौं दिन यांग्लेखर्क, छैठौं दिन लाङमाले हुँदै मकालु हिमालको आधार शिविर पुग्न सकिन्छ। पदयात्राका लागि औसत २२ दिनको समय छुट्याउन उपयुक्त हुन्छ। मार्च–मे र अक्टुबर–नोभेम्बर पदयात्राका लागि उपयुक्त समय मानिन्छ। बाटो सानो र अपठ्यारो रहेकाले पदयात्राका क्रममा विशेष होसियार हुनुपर्दछ।
दृश्यावलोकन
पदयात्रीले मकालु  हिमालको छटा, हिमनदी, खोलानाला, झरना, सुनाखरी, लालीगुराँस, स्थानीय धर्मसंस्कृति अवलोकनको आनन्द प्राप्त गर्न सक्दछन्। यसक्षेत्रमै मकालु वरुण राष्ट्रिय निकुञ्जसमेत रहेकाले १ सय ५० जातका पुतली, २५ जातका गुराँस, ४७ जातका सुनाखरी, काँडे भ्याकुर, काजिल, चिललगायत करिब ४ सय जातका चराचुरुंगी, यार्सागुम्बा, पाँचऔंले, कुडकी, चिराइतो ६७ जातका जडीबुटी, रातोपान्डा, कस्तुरी, हिमाली भालु, हिम चितुवा, घोरल, बँदेल, थारलगायत ७५ भन्दा बढी जातका स्तनधारी जनावरसमेत पदयात्रीले अवलोकन गर्न सक्दछ। यसअवाला मात्र ४ सय ५७ मिटर मात्र उचाइमा रहेको अरूण उपत्यकाको समेत पदयात्रीलाई अवलोकन गर्ने अवसर प्राप्त हुन्छ।
५. मनास्लु सर्किट पदयात्रा
विशेषता
आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो। गोरखा र मनाङको सीमामा यो हिमाल मानसिरी हिमालय पर्वत श्रृंखलाअन्र्तगत पर्दछ। यो मनास्लु माउन्ट किलरको नामले पनि परिचित छ।
सन् १९५६ मे ९ मा जापानी नागरिक तोसिवा इमानिसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले मनास्लु हिमालको पहिलो पटक आरोहण गरेका थिए। निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो।
पदयात्रा विधि
मनास्लु सर्किट पदयात्राका लागि काठमाडौंमा आइपुगेको पदयात्री  गोरखाको आरुघाटा पुग्नुपर्दछ। सडक यातायातको प्रबन्ध रहेकाले आरुघाट पुग्न कुनै सकस भेल्नुपर्दैन।
पदयात्रीले पहिलो दिनको यात्रा गोरखाबाट आरुघाटसम्म गर्न सक्दछ। पहिलो दिन आर्केट गोर्ला हुँदै सोतीखोला, दोस्रो दिन मच्छेगाउँ हुँदै खोलाबेसी, तेस्रो दिन तातोपानी हुँदै जगत, चौथोदिन डेङ, पाँचौं दिन नाम्रुङ, छैठौ दिन समागाउँ, सातांैदिन धर्मशाला क्याम्प, आठौं दिन लार्के पास पुग्न सकिन्छ, जुन नेपाल तिब्बत बोर्डर पनि हो।
यसअघि बढ्न चाहेमा नबौं दिन भीमटाङ र दशांै दिन तिल्जी पुग्न सकिन्छ। यसरी दुई हप्तामा मनास्लु सर्किट पदयात्रा गर्न सकिन्छ। मनास्लुको पदयात्रा अन्य पदयात्राको तुलनामा कठिन र खर्चिलो पदयात्रा मानिन्छ। तथापि पदयात्राको क्रममा गेस्टहाउस तथा लज पाउन भने खासै कठिन पर्दैन।
बीच–बीचमा पहिरोको जोखिम भने रहन्छ। पदयात्राको लागि मार्चदेखि मे र अक्टुर–नोभेम्बर उपयुक्त समय हो। प्रतिबन्धित पदयात्रा भएकाले प्रतिबन्धित क्षेत्रमा यात्रा गर्न  कम्तिमा दुई जना पदयात्री साथमा नेपाली गाइड वा भरिया आवश्यक पर्दछ।
दृश्यावलोकन
मनास्लु हिमालको छटा, ३ हजार ७ सय मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र भीमथाङ उपत्यका, ४ हजार १ सय मिटरको उचाइमा रहेको पोंकर ताल, ५ हजार १ सय ६० मिटर उचाइका लार्के पास, गोवा उपत्यका, चुम उपत्यका, हट स्प्रिङ, पाइन फरेस्ट, छहरा–छाँगा, वीरेन्द्रताल, नेपाल तिब्बत बोर्डर, गुरुङ तथा तिब्बतेली संस्कृति, प्राचीन बौद्ध गुम्बा, पानीघट्ट, चौरी तथा घोडा फार्म, चराचुरुंगी तथा जीवजन्तुको हकमा डाँफे, मुनाल, कालिज, चिल, हिमचितुवा, रातो पान्डा अवलोकनको मज्जा पदयात्रीले लिन सक्दछ।
६. लाङटाङ उपत्यका पदयात्रा
विशेषता
लाङटाङ हिमशृंखला  लाङटाङ लिरुंग, लाङटाङरी, दोर्जे लाप्का, च्यांबुलगायत एक दर्जन अधिक हिमालहरूको समुच्च स्वरूप हो। लाङटाङ हिमश्रृंखलाकै लाङटाङ उपत्यकखले पदयात्रीलाई लोभ्यान सकेको हो।
त्यसो त लाङटाङ काठमाडांैबाट त्यति टाढा होइन। पदयात्रा कठिनाइका दृष्टिकोणबाट मध्यम स्तरको र लागतका हिसाबले किफायती नै मानिन्छ। पदयात्रा गर्न सरकारले बाधाबन्देज वा प्रतिबन्ध लगाएको छैन।
पदयात्रा विधि
लाङटाङ उपत्यका पदयात्राका लागि काठमाडौंमा आइपुगेको पदयात्री धुन्चे हँुदै स्याफ्रुबेसी पुग्नुपर्दछ, जहाँ सडक यातायातबाट ८–९ घण्टामा  पुग्न सकिन्छ। स्याफ्रुबेसीबाट पदयात्रा शुरू गर्ने क्रममा पहिलो दिन ब्याम्बो हुँदै पास लामा होटल पुग्ने गरी यात्रा तय गर्नुपर्दछ। २ हजार ५ सय ५ मिटर उचाइमा रहेको उक्त होटलमा पुग्न ६ घण्टाको पैदल यात्रा गर्नपर्दछ। सन् १९७६ देखि सञ्चालनमा रहेको यो होटल लाङटाङ निकुञ्ज क्षेत्रमा रहेको छ।
 दोस्रो दिन लाङटाङ गाउँ पुग्ने गरी यात्रा तय गर्नुपर्दछ। ६–७ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने उक्त गाँउ ३ हजार ४ सय ३० मिटर उचाइमा रहेको छ। तेस्रो दिन क्यान्जेङ गोम्पाका पुग्नेगरी यात्रा तय गर्नुपर्दछ। ३ घन्टा पुग्न सकिने उक्त गोम्पा ३ हजार ८ सय ७० मिटर उचाइमा रहेको छ।
तेन्जेन गोम्पा पुगेपश्चात पदयात्रीले लाङटाङ भ्याली पुगेको महसुस गर्दछन। पदयात्री यो भन्दाअघि बढ्न चाहेमा तेस्को री पुग्न सक्दछ। ७–८ घण्टाको यात्रमा पुग्न सकिने उक्त तेस्को री ४ हजार ९ सय ८४ मिटर उचाइमा अवस्थित छ।
ततपश्चात सिधै काठमाडौं फिर्ता हुने अथवा गोसाइँकुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्ज, हेलम्बुसम्म पुग्ने त्यो पदयात्रीको रोजाइमा भर पर्दछ। यसरी लाङटाङ क्षेत्रको पदयात्राका लागि औसत १५ दिन छुट्टाउनु बेस हुन्छ।
दृश्यावलोकन
लाङटाङ भ्याली पदयात्रा गर्ने पदयात्रीले हिमश्रृंखलाको हकमा ७ हजार २ सय ४६ मिटर उचाइको लाङटाङ लिरुङ, ६ हजार ३ सय ८८ मिटर गाङछेन्पो, ५ हजार ८ सय ४६ मिटर उचाइको नयाँ कांग्री, ६ हजार ९ सय ६६ मिटर उचाइको दोर्जे लाक्पालगायतका हिमाल, प्राकृतिक दृष्यको हकमा हिमचट्टान (ग्लेसियर), कोणधारी जंगल (पाइन फोरेस्ट), विशाल चट्टान (बोल्डर्स), घासे मैदान (ग्रासी मिडोज), हिमनदी, खोला, लालीगुराँस, वाँसको जंगल (ब्याम्बो फरेस्ट), झरनाहरू, मन लोभ्याउने हरिया खेतबारी, विभिन्न प्रजातिका फूल, चौरी चरन, तेस्को रीको सूर्याेदय (४ हजार ९ सय ८४ मिटर), कला संस्कृतिको हकमा तामाङ तथा शेर्पाको बौद्ध संस्कृति, प्राचीन क्यान्जिङ गुम्बा, लाङटाङ गुम्बा, याक फार्म, चिज कारखाना, चराचुरुंगी तथा जीवजन्तुको हकमाडाँफे, रेडपान्डा, बाँदर, हिमभालु, हरिण अवलोकन गर्न सक्दछन।
लाङटाङ उपत्यका पदयात्री गर्ने पदयात्रीले गोसाइँ कुण्ड तथा लाङटाङ राष्ट्रिय निकुञ्जसमेत यात्रा तय गरी भैरव कुण्ड, सूर्यकुण्ड, सरस्वती कुण्ड, पर्यटकीय गाउँ हेलम्बु मनमोहक छटा दृष्टिगोचर गर्न छुटाउनु हँुदैन।
विचारणीय पक्षहरू
(क) उपयुक्त समय
पदयात्रीको यात्रा सफल र सरल बनाउनका निम्ति उचित समयको छनोट गर्नुपर्छ। पदयात्रा गर्नु पूर्व मौसमको हेक्काराख्नु बुद्धिमानी हुन्छ। वसन्त ऋतुमा मौसमका हिसाबले उपयुक्त हुनुका साथै नेपालको राष्ट्रिय फूल लालीगुराँस फुलेका दृष्य अवलोकन गर्न पाइन्छ।
ग्रीष्म ऋतुमा गर्मी हुने हँुदा मुस्ताङ, हुम्ला र डोल्पाको पदयात्राको लागि उचित हुन्छ। वर्षा ऋतुमा पानी धेरै पर्ने हुनाले यात्रा कठिन भएपनि उच्च पहाडी भेगमा हरियाली दृश्य अबलोकन गर्न उपयुक्त हुन्छ।
शरद ऋतु यात्रा गर्नका लाई एकदम उचित समय हो। यस मौसममा आकाश पनि सफा हुने हुँदा हिमश्रृंखला सजिलै देख्न सकिन्छ। हेमन्त ऋतुमा मौसम चिसो भएता पनि हिलो, धुलो र धुवाँ भेल्नु पर्दैन। शिशिर ऋतुमा धेरै जाडो हुने हुनाले हिमाली क्षेत्रको पदयात्रा गर्नु अलिक कष्टप्रद हुन सक्छ।
(ख) प्रवेशाज्ञा तथा अनुमति
पदयात्राको लागि प्रवेशआज्ञा लिन निर्धारित शुल्क तिनुपर्छ।  प्रवेशाज्ञा र अनुमतिको प्रकार र शुल्क फरक हुनसक्छ। कुनै  क्षेत्रको प्रवेशआज्ञा र अनुमति यात्रा शुरू गर्नु अगाडि नै लिनुपर्ने हुन्छ भने कुनै क्षेत्रको प्रवेशआज्ञा र अनुमति यात्राकै क्रममा लिने प्रावधान हुनसक्छ। प्रकारका प्रवेशआज्ञा तथा अनुमति टिम्स कार्ड, राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र, प्रतिबन्धित क्षेत्र गरी ३ रूपमा उपलब्ध गराइन्छ।
(ग) स्वास्थ्य तथा सुरक्षा
यात्राको क्रममा वातावरणमा आएको परिवर्तन वा कुनै दुर्घटनाको स्थितिमा उपचार सजिलै उपलब्ध नहुन सक्छ। यसर्थ पदयात्रा प्रस्थान गर्नुपूर्व तपशीलका कुरामा  विचार पुर्याउनु बुद्धिमानी हुन्छ–
  •  आफू जाने गन्तव्यको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रामा निस्किनुपर्छ।
  •  वातावरण तथा मौसम सुहाउँदो लुगा बोकेर मात्र यात्रामा जानुपर्दछ।
  •  यात्राका क्रममा चाहिने अत्यावश्यक सामग्री बोकेर हिड्नुपर्छ।
  •  प्राथमिक उपचारका सामग्री आफूसँगै राख्न्नुपर्छ।
  •  सकेसम्म यस्तो यात्रामा एक्लै नगई साथी वा गाईडको साथमा जानुपर्छ।
  •  यात्राको पूर्वजानकारी लिई सजिलो बाटो चयन गरी यात्रा गर्नुपर्छ।
  •  १० हजार फिटभन्दा बढी उचाइमा लेक लाग्नसक्ने हँुदा (टाउको दुख्ने, खान मन नलाग्ने, वान्ता हुने) सो अवस्थामा सकेसम्म आफू भएको उचाइभन्दा तल झर्नुपर्छ।
अन्त्यमा, तपाईंको पदयात्रा सुखद र अविस्मरणीय रहोस् !
प्रतिक्रिया दिनुहोस्