गैरआवासीय नेपाली, चार मिलेर एक पठाउँदै यसपालि



भूपराज बस्याल

रोजगारी, व्यवसाय, शिक्षालगायतका क्षेत्रमा करिब चालीस लाख नेपाली तेस्रो मुलुकमा रहेको तथ्यांक छ। कति स्थायी आवासीय भिसालिएर उतै बसेका छन् भने केही सीमित अवधिको लागि गएका छन्। जहाँ जे जसरी रहेपनि उनीहरूको जन्मभूमि नेपाल नै हो। नेपालको माटोसँग माया गाँसिएको छ। त्यसैले पर्यटन वर्ष २०२० सफल पार्न विदेशमा रहेका नेपालीको भूमिका प्रमुख हुने विश्वास गरिएको छ।

विदेशमा गएर विभिन्न संघ–संगठनमार्फत सामाजिक सेवामा खटिएका नेपालीले देशको लागि काम गर्न पाउँने यो सुनौलो अवसर पनि हो। नेपाली पुगेको ठाउँ जातीय, क्षेत्रीय, जिल्ला, प्रदेशस्तरीय, नगरस्तरीय, गाउँपालिकास्तरीय लगायत राजनीतिक दलका भातृ संगठन, गैरआवासीय नेपालीको संगठन, पत्रकारका संगठन, स्थानीय सरकारबाट मान्यता प्राप्त गरेका संस्था गरी विदेशका एक देशमा कम्तीमा पनि करिब एक सयको हाराहारीमा संघ–संगठन भएको पाईन्छ।

प्रति संस्था कम्तीमा एकसय जना मात्रै पर्यटक नेपाल पठाउने योजनामा लाग्ने हो भने नेपाल भ्रमण वर्ष २०२० सजिलै सफल हुनेछ। एक देशमा कम्तीमा पनि ५ सय जना सदस्य रहेको समितिलाई यो कुनै ठूलो कुरो पनि रहेन्।

एक नेपाली एक पर्यटकको नारा गुन्जाइँरहेका बेला चालीस लाख नेपालीको पहलमा मात्रै दश लाख पर्यटक नेपाल भित्र्याउन सकें देशको लक्ष्य पूरा हुनेछ।विश्वका कतिपय स–साना मुलुक विना उद्योगधन्दा पर्यटनकै भरमा आर्थिक रूपमा सम्पन्न र समृद्ध छन्।

नेपालमा रहेका प्राकृतिक सम्पदा र धरोहरहरू हिमश्रृंखला, नदीनाला तालहरू, संस्कृति, कला आदिलाई मात्रै विश्वसामु पुर्याउन सके नेपाल सरकारको नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ सार्थक हुनेछ। यसको लागि साँगठानिक रूपमा ८२ देशमा रहेको गैरआवासीय नेपाली संघ र हरेक नेपालीले आ–आफ्नो ठाउँबाट लाग्नपर्ने देखिन्छ। तर, के छन् त नेपालमा पर्यटक बढाउने योजना हाम्रा एनआरएनएका प्रतिनिधिहरूसँग ः

 

मोहम्मद मुक्तदा मुसलमान

अध्यक्ष, गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, कतार

म एनआरएनए एनसीसी कतारको अध्यक्ष निर्वाचित भएलगत्तै पहिलो बैठकमा ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन एउटा उपसमिति (पर्यटन प्रवद्र्धन) गठन गर्यौं। यसको संयोजक संघको महासचिव पदम गिरीलाई बनाएका छौं।

हामीले २०२० लाई दोहामा प्रचार–प्रसार गर्न यहाँ आयोजना भएको फूटबाट क्लबमा  अन्तर्राष्ट्रिय रंगशालाको नजोनमा भएको ८ वटा स्टेज शोमा ब्यानरराखेर प्रचार–प्रसार गर्यौं। कार्यसमितिका सम्पूर्ण साथीले पर्यटन वर्ष २०२० को लोगोसहितको टिसर्ट लगाएर दोहाको कोरनिसमा प्रचार गरे।

अब यहीं महिनाको २७ नोभेम्बरदेखि शुरू हुने अरेबियन गल्फ क्लबको हरेक खेलमा ब्यानरसहित हामी प्रचार गर्छौ र ६ डिसेम्बरदेखि २३ डिसेम्बरसम्म हुने फिफा क्लब वल्र्डकपको हरेक खेलमा प्रचार–प्रसार गर्ने योजना बनाएका छौं।

कतारको नेसनल डे आउँदो १८ डिसेम्बरमा छ, त्यहाँ पनि हामीले सरकारसँग सहकार्य गरेर स्टेज शो गर्छांै, त्यसमा पनि प्रचार–प्रसार गर्ने योजना बनाएका छौं। अर्कों महत्वपूर्ण कÞुरा १८ डिसेम्बरमा हुने नेशनल डेको दिन नेपाली दाजभाइले चलाउने हरेक गाड़ीमा ‘नेपाल पर्यटन वर्ष २०२०’ को लोगोसहित स्टिकर लगाउने योजना बनाएका छौं। हामीले बनाएका हरेक योजनाले कतारमा बस्ने प्रत्येक व्यक्तिमा ‘नेपाल पर्यटन वर्ष २०२०’ को बारेमा जानकरी दिनेछ।

 

राजेन्द्र अर्याल

मध्यपूर्व उपसंयोजक
गैरआवासीय नेपाली
संघ राष्ट्रिय समन्वय समिति

गत वर्ष साउदी महिला रेहा मोहर्कले सगरमाथाको सफल आरोहण गरिन्। उनले नेपालको सुन्दरता र सहृदयी नेपालीको खुलेर प्रशंसा गर्न भ्याईन्। साउदी अरबका नागरिकहरू वर्षमा दुई पटकसम्म विदेशको भ्रमणमा परिवारसहित निस्कने गर्दछन्, उनीहरूलाई नेपालको बारेमा पूर्ण जानकारी दिनका लागि साउदी पर्यटन व्यवसायी र आमनागरिकहरूको उपस्थितिमा नेपालबारे जानकारी दिई आकर्षण बढाउन तपसीलमा उल्लेख भएको कार्यक्रम सञ्चालन गर्न आवश्यक देखेको छु। साथै, त्यही काममा जुट्दैछु।

१) नेपाली कूटनीतिक नियोग, संघ–संस्था र एनआरएनएको पहलमा नेपाल भ्रमण ..वर्ष २०२०.. लाई सफल पार्न गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय परिषद्, मध्यपूर्व उप संयोजकको हैसियतमा भ्रमण वर्ष अभियानमा जुट्नेछु।

यसैको सिलसिलामा गैरआवासीय नेपाली संघ साउदी र नेपाली नियोग राजदूतावास रियादसंग अनौपचारिक छलफलहरू चलिरहेका छन् भने अगामी जनवरीबाट नेपाल सरकारले आफ्नो विदेशस्थित नियोगहरूलाई परिपत्र गरेअनुरूप गैरआवसीय नेपाली संघले सहकार्य गर्दै विभिन्न प्रदर्शनीहरू गर्नेछ। जसले नेपालप्रतिको आकार्षणलाई बढावा मिल्नेछ।

२) नेपाली नागरिकहरूले अतिथिलाई दिने सम्मान अर्थात अतिथि देवोभवः का बारेमा सुसूचित गराईनेछ। यसका साथै हरेक नेपाली कामदारहरूले आफू कार्यरत कम्पनीको साउदी नागरिकलाई नेपालको पर्यटकीय क्षेत्रहरूको जानकारी दिंदै नेपालको भ्रमण गर्न उ..त्साहित बनाउंन हरसम्भव प्रयास गरिनेछ।

३) सुरक्षित र विश्वमै प्रसिद्ध गौतम बुद्धको जन्मस्थल जहां सबै धर्म र सम्प्रदायलाई उत्तिकै उच्चसम्मान दिने शान्तिप्रेमी नेपालीहरूको बारेमा आश्वस्त गराउने।
यस प्रकारको कार्यक्रमहरू वर्षभरि नै सञ्चालन गरिनेछ।

अर्जुनकुमार श्रेष्ठ

उपाध्यक्ष
गैरआवासीय नेपाली
संघ (एनआरएनए)

नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउने नेपाल सरकारको प्रयासमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बलियोसाथ दिनेछ। एनआरएनएका ८२ वटा राष्ट्रिय समन्वय परिषद्मार्फत भ्रमण वर्षको प्रचार–प्रसार र नेपाल प्रवद्र्धनका कामहरू भईरहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको उपस्थितिमा नेपाल भ्रमण वर्ष– २०२० को सचिवालय र संघबीच विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमण वर्षमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ। \

अनौपचारिक तथ्यांकअनुसार ४० लाखभन्दा बढी नेपाली संसारका विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन्। भ्रमण वर्ष– २०२० को सचिवालयसंग भएको यहीं एउटा समझदारीमात्रै कार्यान्वयन भए पनि नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न कठिन छैन।

एनआरएनएमा एक महिनाअघि मात्रै नयां नेतृत्व आएको छ। यही विशेष अवसरमा मेरो नेतृत्वमा व्यापार लगानी तथा नेपाल प्रवद्र्धन विभागको जिम्मेवारी निर्वाह गरेको छु। विभागको नेतृत्व लिएलगत्तै मैले संस्थागत योजना र रणनीति बनाएको छु। नेपाल सरकार र एनआरएनएको नेतृ..त्वसंग भ्रमण वर्षलाई सफल बनाउन छलफल र अन्तरक्रियाहरू गरिरहेको छु।

प्राकृतिकरूपमा नेपालजस्ता समृद्ध मुलुक विश्वमा कमै छन्। अग्लाअग्ला हिमाल, पर्यटकीय गन्तव्यहरू, संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्र एवं हाम्रो संस्कृति, रहनसहन, रीतिरिवाजहरू हाम्रा गहना हुन्।

नेपालमा पर्यटन आगमन क्रमशः सुधार भइरहंदा नेपाल सरकारले गर्नुपर्ने कतिपय सुधारका कामहरू हुन् सकेका छैनन्। व्यवस्थित सहरीकरण, यातायात तथा हवाई सेवा, होटललगायत क्षेत्रमा सुधारहरू गर्नुपर्ने छ।

 

 

प्रतिक्रिया दिनुहोस्