’चिनियाँ र भारतीय पर्यटकलाई जोड दिनुपर्छ’



सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० शुरू हुन अब एक महिनामात्रै बाँकी छ। विगतको भ्रमण वर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पयर्टन व्यवसायी कर्ण शाक्यले यो भ्रमण वर्षलाई कसरी हुर्नु भएको छ भन्ने विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले गरेको कुराकानी ः

कर्ण शाक्य
वरिष्ठ पर्यटन व्यवसायी

नेपाल भ्रमण वर्ष २०२० को तयारीलाई कसरी लिनुभएको छ ?

म अहिले सकारात्मक सोच अभियानमा लागि रहेको छु। जसका कारण भ्रमण वर्षमा सोचेजति केन्द्रित हुन सकेको छैन। तर मलाई विश्वास छ, भ्रमण वर्ष राज्य, निजी क्षेत्र तथा जनताको पनि भएको हुनाले यसले सफलता पाउनुपर्छ। यसमा सबै लागिपरेका छन् भन्ने मैले सोचेको छु।

भ्रमण वर्षमा पर्यटकको संख्यालाई बढी प्राथमिकतामा राखिएको छ, संख्या महवपूर्ण हो वा पर्यटकले गर्ने खर्च महवपूर्ण हो ?

भ्रमण वर्षमा दुवै कुरा महवपूर्ण हुन्छ। भ्रमण वर्षको अभियान सफल भयो भएन भनेर हेर्न विदेशीको टाउको गन्नमा मात्रै होइन, आन्तरिक पर्यटन पनि महवपूर्ण हुन्छ। पर्यटन विकासका निम्ति विभिन्न क्षेत्रबाट भइरहेको विकासका कुराहरू पनि उत्तिकै महवपूर्ण हुन्छ।

यस्तै भ्रमण वर्ष सकिएपछि पनि नेपालमा विकासका निम्ति विभिन्न सहयोग हुने सम्भावना पनि देखिन सक्छ। त्यसैले २० लाख नै पर्यटक भियाउनुपर्छ भन्ने मलाई लाग्दैन। यो संख्या पुग्न पनि सक्ला, नपुग्न पनि सक्ला। भ्रमण वर्षले यही देशमा सम्भावना छन्, केही गरौं भन्ने भावना युवाहरूमा जागृत गराउँछ, यो नै महवपूर्ण कुरा हो।

पर्यटकहरू आउने तर खर्च नगर्नेजस्ता प्रवृति पनि देखिन्छन् भनिन्छ नि ?

नेपालमा आएर पर्यटकहरूले खर्च गरेका छैनन् भन्ने कुरा चाहिँ केबल कुरा मात्रै हो। पर्यटकले खर्च नगरे कसले गर्छ ?भ्रमण वर्ष २०२० का लागि सरकारले राखेका विभिन्न लक्ष्यहरू पूरा हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

यो अहिले भन्न सकिने कुराहरू होइन। यसमा हामीले सम्भावनाका दृष्टिकोणले हेर्नुपर्छ। भ्रमण वर्ष आउनु अगाडि नै लक्ष्य पूरा हुँदैन भन्न थाल्नु गलत हो। भ्रमण वर्षको प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो। यसलाई सफल बनाउन हामी सबै लाग्नुपर्छ।

यसअघि आयोजना भएका दुई भ्रमण वर्ष अभियानलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

म सम्मिलित भएर शुरू गरेको नेपाल भ्रमण वर्ष १९९८ सफल भएको थियो। त्यो भन्दा पछिको भ्रमण वर्ष पनि सफल नै भयो भन्छु म। त्यसैले अहिलेको भ्रमण वर्ष सफल बनाउनु नै हामी सबैको लक्ष्य हो।

लामो समय तपाईंले पर्यटन क्षेत्रमा काम गर्नुभयो। यसको अनुभवका आधारमा भन्नुपर्दा नेपालमा कस्ता खालका पर्यटकहरू आउन चाहन्छन् ?

नेपालमा सबैभन्दा बढी आउने पर्यटकहरू चिनियाँ र भारतीय हुन्। केही समयअघिको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कारणले चिनियाँ पर्यटकहरूको आवागमनमा राम्रै वृद्धि हुने मेरो बुझाइ छ। यस्तै भारतीय पर्यटकहरू पनि राम्रै आउने मैले विश्वास लिएको छु।

यद्यपि अन्य देशका पर्यटकहरूको आवागमनमा अलि कमी भइरहेको छ। अन्य देशका पर्यटकहरू पनि आकर्षित गर्ने गरी हामीले काम गर्नुपर्छ। धेरैजसो चिनियाँ र भारतीय पर्यटकहरूलाई महव दिइएको छ।

हाम्रो यसअघिका भ्रमण वर्षमा पनि विदेशीको धेरै आवागमन हुन सकेको थिएन। त्यसैकारण पनि अहिले अन्य देशका पर्यटकहरूसमेत आकर्षित हुने गरी काम गर्न सक्नुपर्छ।

चीन र भारतबाट धेरै पर्यटकहरू आउने कुरा गर्नुभयो। यसका अलवा अन्य देशहरूबाट पर्यटक भियाउनका निम्ति सरकारले कस्ता प्रयासहरू गर्नुपर्ला ?

सरकारले भारत र चीनका पर्यटकहरूलाई बढी जोड दिइरहेको छ। यसका साथै अब अमेरिका, युरोपलगायतका देशहरूबाट पनि पर्यटक ल्याउने काम गर्नुपर्छ। हाम्रो देशमा अझै पनि पूर्वाधारहरू आवश्यकीय मात्रमा उपलब्ध छैन, तसर्थ अन्य देशहरूबाट धेरै पर्यटकको आशा छैन मलाई। चीन र भारतबाट मात्र पनि पर्यटकहरू भियाउन सकियो भने हाम्रो भ्रमण वर्ष सफल हुन्छ जस्तो लाग्छ।

तपाईंको विचारमा सरकारले लिएको लक्ष्य पूरा गर्नको लागि विद्यमान पूर्वाधार पर्यँप्त छन् त ?

पूर्वाधारहरू त पर्याप्त छैनन्। सबैभन्दा ठूलो पूर्वाधार भनेको विमानस्थल हो, त्यो हुन सकेको छैन। विमानस्थलजस्तो कुरा आजको भोलि नै पनि निर्माण गर्न सकिँदैन।

त्यस्तै बाटोको पनि राम्रो व्यवस्था छैन र भएका बाटाको पनि व्यवस्थापन नै छैन्। यसर्थ भ्रमण वर्षको तयारी त एकदमै राम्रो छ। तर पूर्वाधारहरूको अभाव छ। यो तुरुन्तै बन्छ जस्तो पनि लाग्दैन्।

यो भ्रमण वर्षको आयोजनामा सरकारले आफ्नो पूर्वाधारमा पर्यटकलाई देखाउने नेपालीपन पाउनुभएको छ ?

त्यो त म भन्न सक्दैन। यसमा मैले त्यति ध्यान दिएको छैन। भ्रमण वर्ष भनेको राष्ट्रिय अभियान हो। यो राज्य, निजी क्षेत्र र जनता सबैको महवपूर्ण सहभागिता हुनुपर्ने बेला हो। यसमध्ये एक क्षेत्रले मात्र ताकेर भ्रमण वर्ष सफल हुँदैन। भ्रमण वर्ष भनेको राष्ट्रको चाड जस्तै हो। त्यसैले यी तीनै क्षेत्रको ध्यान गयो भने भ्रमण वर्ष अवश्य सफल हुन्छ।

नेपाल आउने पर्यटकहरूले कस्तो चाहाना राखेका हुन्छन ?

कतिपय पर्यटकहरूले त नेपालको बारेमा अध्ययन गरेर नै आएका हुन्छन्। जसले नेपालको बारेमा अध्ययन गरेर आएका हुन्छन्, उनीहरूले नेपाललाई राम्रैसँग स्वीकार गर्छन। तर नेपालको अध्ययन नगरेर एकैपटक नेपाल आउने पर्यटकहरू नेपालको प्रदुषण देखेर स्तब्ध हुन्छन्।

अरू क्षेत्रहरू जस्तै, कला, संस्कृति, भौगोलिक वातावरणमा त एकदमै अगाडि छ। तर नेपालको प्रदुषणले चाहिँ पर्यटकहरूलाई स्तब्ध पार्छ। त्यसैले भ्रमण वर्षमा राज्य, नगरपालिका एवम् सम्बन्धित निकायहरूले फोहोर व्यवस्थापन गरी प्रदुषणमुक्त गरेमा पर्यटकहरू रमाउन सक्ने वातावरण तय हुन्छ।

खास गरी नेपालमा पर्यटकहरू हिमाल हेर्न आउछन्। त्यसपछि मात्र नेपालीहरूको संस्कृति हेर्न आउँछन्। यदि प्रदुषण मुक्त गर्न सकियो भने पर्यटकहरू खुसी हुन्छन र रमाएर फर्कन्छन्, जसले गर्दा भ्रमण वर्ष सफल पार्न मद्दत पुग्छ।

विदेशी मिडियामा समेत काठमाडौं धेरै प्रदुषण छ, जसले गर्दा स्वास्थमा धेरै असर पर्न सक्छ भन्ने जस्ता खबर बाहिरिएका छन्। यसले भ्रमण वर्षलाई कत्तिको असर पार्छ होला ?

पर्यटकहरू नेपालमा आउँदा उनीहरूलाई मन नपर्ने भनेको फोहोर नै हो। संसारका १ सय ९८ देशमध्ये नेपाल घुम्नको लागि उपयुक्त १० देशको सूचीमा पर्छ। अर्थात जीवनमा घुम्नको लागि एकपटक जानै पर्ने देशहरूको सूचीमा नेपाल पर्छ। त्यसैले पर्यटक नेपालमा आएर अवश्य पनि खुसी त हुन्छन् नै।

यत्तिले मात्र पनि खुसी हुनुहुँदैन्। यसको इज्जत जोगाउनको लागि राज्य, निजी क्षेत्र र जनताहरूले ध्यान दिनुपर्छ। सबै कुरामा राज्यलाई मात्र दोष दिएर पनि हुँदैन। जनताहरूले पनि आ–आफ्नो ठाउँबाटे भूमिका निभाउन सक्नुपर्छ। नेपाल भनेको सबैले मन पराएको देश हो। कसैले नजाऊ भन्यो भन्नु भनेको हल्ला मात्र हो।

यो भ्रमण वर्षको विषयमा तपाईंको विचार के छ ?

यो राज्यको मात्र अभियान हो भनेर बस्नु भएन। राज्य, निजी क्षेत्र र जनताहरू सबै मिलेर भ्रमण वर्षमा आफ्नो भूमिका मिभाउन सक्यौं भने मात्र भ्रमण वर्ष सफल हुन्छ। पर्यटकको लागि उपयुक्त आवसको स’विधा निजी क्षेत्रका होटलहरूले दिनुपर्छ, गाउँमा पर्यटक जाँदा इज्जतका साथ पर्यटकलाई घुम्ने एवम् मनोरञ्जन दिने वातावरण तय गरौं।

पर्यटकहरूलाई सम्मानका साथ मुस्कानसहित नमस्कार गरेर स्वागत गरौं। नेपाल भ्रमण वर्ष भनेको सबैको पर्व हो, त्यसैले सबैले आफ्नो क्षेत्रबाट साथ सहयोग गरेपछि मात्र भ्रमण वर्ष सफल हुन्छ।

हाम्रो देश विकसित देश होइन भन्ने सबैलाई थाहा छ। पर्यटकहरू हाम्रो देशमा ठूला ठूला हाउजिङहरू हेर्न आउने होइनन्। पर्यटकहरू नेपालमा हिमाल हेर्न आउँछन्, नेपालीको संस्कृति हेर्न आउँछन्। त्यसैले हाम्रो संस्कृति नै सबैभन्दा महवपूर्ण सम्पत्ति हो। यसमा कमी कमजोरी आउन दिनु भएन।

हाम्रो हाँसो, हाम्रो संस्कृतिलाई उनीहरू समक्ष देखाउनुपर्छ। ठूल्ठूला घरहरू त संसारको जुनसुकै देशमा पनि पाइन्छन तर पाहुनालाई देवता मानेर सेवा गर्ने, हाँसेर स्वागत गर्ने हाम्रो संस्कार संसारका कुनै देशमा पाइँदैन।

त्यसैले हाम्रो सांस्कृतिक पक्षमा कमि कमजोरी आउन दिनुहुँदैन। यदि हामीले हाम्रो संस्कृति जोगाइराख्यौं र त्यसलाई पर्यटकहरू समक्ष देखायौं भने हाम्रो भ्रमण वर्ष पक्कै पनि सफल हुन्छ। हाम्रो देशको अर्थतन्त्र धान्ने सबैभन्दा महवपूर्ण पक्ष भनेको पर्यटन हो।

प्रतिक्रिया दिनुहोस्