‘२० वर्षअगाडि जहाँ थियौं त्यहीँ बस्यौं’



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ । सरकारीस्तरबाट भ्रमण वर्ष मनाउन लागिएको यो तेस्रो पटक हो । भ्रमण वर्ष शुरू हुन एक महिना बाँकी हुँदा भ्रमण वर्षको तयारी कस्तो छ, विगतका अनुभवबाट के सिक्न सकियो भन्ने, भ्रमण वर्षमा के कुराको आवश्यकता छ, कसरी भ्रमण वर्ष सफल बनाउन सकिन्छ, कहाँ के कमजोरी भएको छ भन्नेलगायतका विषयमा नेपाल समाचारपत्रको नेपाल भ्रमण वर्ष २०२० विशेषाङ्कका निम्ति पर्यटन क्षेत्रमा सरोकारवालासँग परिवर्तन देवकोटाले गरेको कुराकानी ः

सुरेशसिंह बुडाल

सीईओ, प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा नेपाल च्याप्टर)

सरकारले आयोजना गरेको भ्रमण वर्षलाई तपार्इंले कसरी हेर्नुभएको छ ?

प्रत्येक वर्ष भ्रमण वर्ष आउँदैन, त्यसैले भ्रमण वर्ष एउटा अवसर हो। हामीले यसलाई पर्वका रूपमा हेर्नुपर्छ। अहिले भ्रमण वर्षमा २० लाख पर्यटक भित्याउने लक्ष्य राखेका छौं। त्यहीअनुसारको तयारी छ कि छैन यो सोच्नुपर्ने विषय हो।

पर्यटकको संख्यालाई मात्र फोकस गरेर मूल्यांकन गर्नुभन्दा पनि केही नयाँ अभ्यास के गर्न सकिन्छ, जसले गर्दा वल्र्ड टुरिजम नेपालतर्फ आकर्षित होस्। नेपाल वल्र्ड टुरिजममा नयाँ बाटोबाट अगाडि बढिरहेको छ भन्ने सन्देश जाओस्। यस्तो नयाँपनतर्फ जोड दिनुपर्यो।

हामीले तारासम्म पुग्ने लक्ष्य लिएर अगाडि बढ्यौं भने चन्द्रमासम्म त पक्कै पनि पुगिन्छ भने जस्तै पर्यटकको संख्यालाई मात्र नभएर केही नयाँपन ल्याउनतर्फ लाग्नुपर्छ, जसले नेपाललाई विश्वसामु चिनाउन सक्छ।

नेपालका बारेमा विश्वमा फैलिएका भ्रमात्मक कुरालाई हटाएर विश्वमा नेपालका बारेमा सकरात्मक सन्देश दिन सक्ने वातावरण तय गर्नतिर जोड दिनुपर्छ।
हाम्रो तर्फबाट ठूलो ‘इनिसिटिभ’ लिँदै छौं। भ्रमण वर्षलाई लक्षित गरी आउने फेबु्रअरीमा नेपाल, भारत र चीन विशेष कार्यक्रम गर्दै छौं।

नेपालका लागि पर्यटनमा सबैभन्दा ठूलो स्रोत भनेको चीन हो र अर्काे भारत हो। अहिलेसम्मलाई हेर्ने हो भने चीनबाट शून्य दशमलव १ प्रतिशत मात्र पर्यटक नेपाल आएको देखिन्छ। भरतबाट शून्य दशमलव ७५ प्रतिशत मात्र आएको पाइन्छ। हामीले नजिकैको क्षेत्रलाई समाउन सकिरहेका छैनौं।

गुणस्तर मात्र हेर्ने हो भने हामीले अमेरिका, युरोप जस्ता ठूल्ठूला देशलाईं टार्गेट गर्न सक्छौं तर गुणस्तर र नम्बर दुवैलाई हेर्ने हो भने भारत र चीन यी दुई राष्ट्रलाई फोकस गर्नतर्फ लाग्नुपर्छ।

त्यसैले हामीले यो कार्यक्रम गर्न गइरहेका छौं। जसले गर्दा पर्यटन विकासमा नयाँ आयाम थपिनेछ। भ्रमण वर्ष–२०२० का साथसाथै लामो समयसम्म यसको प्रभाव परिरहनेछ।

भ्रमण वर्षका लागि सरकारले राखेका लक्ष्यहरू पूरा हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

अहिलेको अवस्था हेर्दा २० लाख नै पुर्याउन त नसकिएला, तर एउटा आशा के गर्न सकिन्छ भने धेरैभन्दा धेरै संख्यामा पर्यटक भित्याउन सकियोस्। चिनियाँ राष्ट्रपति सी जिङ पिङले पनि भ्रमण वर्षलाई सफल पार्न मद्दत गर्छु भन्नुभएको छ, जसले गर्दा सकरात्मक सन्देश गएको छ।

भ्रमण वर्ष–२०२० र त्योभन्दा पछिसम्मका लागि हामीले ६ वटा विषयलाई फोकस गरेका छौं, पूर्वाधार विकास, पर्यटन नीति, हवाई उड्डयन क्षेत्रमा सबलीकरण, मार्केटिङ, ह्युमन क्यापिटल डेभलप्मेन्ट, र रिसर्च, प्रोडक्ट डेभलप्मेन्ट र सर्भिस सिस्टम डराइजेसन। पर्यटन विकासका लागि सर्वप्रथम पूर्वाधार विकास गर्नुपर्छ।

पर्यटनको सेवा, सुरक्षालाई ध्यानमा राखेर नया नीति ल्याउनुपर्छ। हाम्रो एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन राम्रो छैन। पर्यटकलाई आकर्षित पार्नका लागि विमानस्थललाई सुदृढ एवं व्यवस्थित पार्न जरुरी छ। हाम्रो देशमा भित्रिने पर्यटक संख्याभन्दा बाहिरिनेको संख्या बढी छ।

यसलाई रोक्नतर्फ ध्यान पुर्याउनुपर्छ। हाम्रो मार्केटिङ दशमलव परम्परागतकै पाराको भयो। अब आधुनिक तरिकाको मार्केटिङमा फोकस गर्नुपर्छ। सँगसँगै अहिले डिजिटल मार्केटिङलाई फोकस गर्नतर्फ लाग्नुपर्छ। पर्यटन क्षेत्रको विकासका लागि पनि दक्ष जनशक्तिको आवश्यक पर्छ नि।

हँसिलो रसिलो ढंगबाट सम्मान गरेर पर्यटकलाई स्वागत गर्न सक्यौं भने उनीहरूमा सकारात्मक प्रभाव पर्छ। दैनिकजसो बिदेसिने युवालाई नेपालमै रोकेर अवसर सिर्जना गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ।

त्यस्तै काठमाडौं र पोखराले मात्र पर्यटकलाई धान्न सक्दैन। तसर्थ नयाँ ठाउँलाई पनि विकास गर्नतर्फ लाग्नुपर्छ। जानकी मन्दिर, लुम्बिनी, सिजी पार्क, चिया बगान, चितवन सौराह, त्यस्तै अन्य ठाउँलाई पनि पर्यटकीय क्षेत्र बनाउनुपर्छ। नेपालमा धेरै ठाउँ छन्, तिनीहरूको अध्ययन, अनुसन्धान गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नतर्फ लाग्नुपर्छ।

भ्रमण वर्षमा पर्यटकको संख्यालाई जोड दिइएको छ। संख्याको महत्व हुन्छ कि खर्चको ?

यो एउटा सोच्नै पर्ने विषय हो। भ्रमण वर्षमा हामीले पर्यटकको संख्या सँगसँगै उनीहरूले गर्ने खर्चमा पनि जोड दिनुपर्छ। पर्यटक गाडीमै किचेन बोकेर आउँछन्। हाम्रो नीति यस्तो हुनुपर्छ कि व्यवसायीको लगानीको सुरक्षा गर्नुपर्यो। गेस्ट होटलमा भन्दा अपार्टमेन्टमा बसिरहेका छन्।

यसले व्यवसायीको लगानीको सुरक्षा कसरी हुन्छ ? त्यसैले यो कुरामा सरकारले पनि ख्याल गर्नुगर्छ। त्यस्तै पर्यटक आउँदा आफ्नै गाडीमा खाना, खाजा ल्याउँछन्, आफ्नै गाडीमा घुम्छन्, आफ्नै गाडीमा फर्कन्छन्।

यसरी आफ्नै गाडीमा आउने पर्यटकलाई निश्चित ठाउँमा पर्किङको व्यवस्था गरिदिएर, त्यसपछि ट्याक्सी, लोकल गाडी या त्यही व्यवसायीको गाडी प्रयोग गर्ने नीति ल्याउनुपर्छ। यो कुरामा सरकारले पनि विचार पुर्याउनुपर्छ।

यसअघिका भ्रमण वर्षलाई कसरी नियाल्नुभएको छ ?

केही समयअगाडि म जनकपुर भ्रमणमा जाँदा त्यहाँ मिथिला कलाकृत गेटमा भ्रमण वर्ष–१९९८ मा आर्ट गरेको जस्ताकोत्यस्तै थियो। त्यहाँ नेपाल भ्रमण वर्ष–१९९८ लेखिएको थियो। यसको अर्थ त्योभन्दा पछिको भ्रमण वर्षमा हामीले केही पनि गरेनौं। न त्यसलाई रङरोगन गर्यौं।

२० वर्षअगाडि जस्तो थियो त्यस्तै छ। २०११ मा पनि राम्रो नै भएको थियो। र यो भ्रमण वर्ष पनि राम्रो नै होला भन्ने आशा राखौं। पर्यटन क्षेत्र भनेको एउटा निकायले मात्र गरेर हुने कुरा हैन। त्यसैले क्षेत्रका व्यक्तिले आफ्नो ठाउँबाट सहयोग गरेर अगाडि बढ्यौ भने यो भ्रमण वर्ष पनि अवश्य नै सफल हुनेछ।

नेपाल आउने पर्यटकको चाहाना कस्तो हुन्छ ?

नेपाल कस्ता पर्यटक आउने भन्दा पनि कस्ता पर्यटक ल्याउने भन्ने कुरा हुन्छ। यो कुरा मार्केटिङ पक्षको कुरा हो। कसैले हाई स्ट्यान्र्डडका चाहाना गर्छन्।

 

प्रतिक्रिया दिनुहोस्