नेपाल भ्रमण वर्ष–२०२०: सङ्ख्यात्मकभन्दा गुणस्तरीय पर्यटनको खाँचो



बद्री तिवारी
जको ठीक एक महिनापछि नेपाल भ्रमण वर्ष २०२० शुरु हुँदैछ। एक वर्षभित्र २० लाख पर्यटकको स्वागत गर्ने लक्ष्यका साथ आयोजना गरिएकोे यस भ्रमण वर्षलाईपर्यटन उद्योगमा एउटा महायज्ञकै रुपमा लिन सकिन्छ। मुलुकमा ठूलो राजनीतिक परिवर्तनपछि गठन भएको सरकारले राष्ट्रको विकास र जनताको समृद्धिका लागि पर्यटन क्षेत्रबाट पनि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने ध्येयका साथ ल्याइएको यो कार्यक्रमले वास्तवमै राष्ट्रलाई अग्रगतिमा लग्ने अठोटको मूर्तरुप मान्दा अत्युक्ति हुनेछैन।
अन्य देशबाट एक–दुई दिनका लागि नेपाल भ्रमण गर्ने भनेर आएका पर्यटकहरू नेपाल आइपुग्दा खर्च सकिएर अलपत्र परेका पनि पाइन्छन्। त्यसकारण पनि यहाँ सङ्ख्यात्मकभन्दा गुणस्तरीय पर्यटक/पर्यटनको खाँचो छ। त्यस्ता पर्यटकहरूले मात्र आफ्नो नेपाल बसाइको अवधि लम्ब्याउन सक्छन्। त्यस अवधिमा उनीहरूले गर्ने खर्च नै पर्यटन व्यवसायको मुख्य स्रोत बन्नेछ।
विदेशी मुद्रा आर्जन तथा समग्ररुपमा राष्ट्रिय आम्दानीमा उल्लेख्य वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेपाल भ्रमण वर्षले विश्वमा नेपालको नाम लोकप्रिय त बनाउने नै छ, पर्यटकहरूको भ्रमण गर्ने स्थानको रोजाइमा नेपाल नै पहिलो प्राथमिकतामा पर्नेछ भन्ने अपेक्षागर्न सकिन्छ। यद्यपि यस क्षेत्रको विकास अर्थात् पर्यटन उद्योगको समग्र उन्नतिका लागि गर्नुपर्ने कामहरूको बुँदागत सूची तयार पार्ने हो भने हाम्रासामु चुनौती नै चुनौतीको चाङ खडा हुनेछ।
पर्यटकहरूका लागि उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधा तथा निर्माण गर्नुपर्ने पूर्वाधारहरूको विकास जुन किसिमबाट हुनुपर्दथ्यो त्यो हुन नसक्नुले चाहिँ कतै यस राष्ट्रिय अभियानमा ठेस लाग्ने त होइन भन्ने आशंका पनि यथावत् रहेको अवस्था छ।
यस सन्दर्भमा सरकारी तथा निजी क्षेत्रले बुभ्mनै पर्ने कुरा भनेको पर्यटकहरूको संख्या वृद्धिले मात्रै कुनै उपलब्धि हासिल हुनसक्ने अवस्था देखिँदैन, जबसम्म गुणस्तरीय पर्यटकहरू देशमा भित्रिँदैनन्, तबसम्म यस्ता नामका मात्र भ्रमण वर्षहरूले अपेक्षित लाभ दिलाउन सक्दैनन् भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ।
साथै पर्यटनका लक्षित उद्देश्यहरू प्राप्त गर्नका लागि निर्धारित ठाउँ र बदलिँदो परिस्थितिअनुसारका आवश्यकताहरूलाई पनि क्रमशः पूरा गर्दै जानसके मात्र कार्ययोजनाहरू सफल भएको मानिनेछ।चुनौती जति नै भए पनि त्यससँगसँगै अवसरहरू प्रशस्त देखा पर्नेछन् भनेर योजनाबद्धरुपमा अघि बढ्ने हो भने निश्चय नै सफलताले पछ्याउनेछ भन्नेतर्फ पनि आशावादी बन्न सक्नुपर्दछ।
आम बुझाइ तथा पृष्ठभूमि :
पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायीहरूले पर्यटनलाई आ–आफ्नो व्यावसायिक आकारप्रकार तथा कारोबारको अवस्था हेरी त्यही अनुसारको धारणा बनाउन सक्छन्, जसले बाहिरबाट सतहीरुपमा मात्र हेरेका छन् उनीहरूले पर्यटनलाई सुनको अण्डा पार्ने कुखुरीको रुपमा बुझेका हुन सक्छन्।
तर, यो क्षेत्रसँग प्रत्यक्ष वा परोक्षरुपमा गाँसिएका, दिनरात खटेका तथा ज्ञान, सीप र समय लगानी गर्दै आएकाहरू पर्यटन उद्योग वर्तमान अवस्थाको एउटा भरपर्दो व्यवसायको रुपमा बुझेर वास्तविकतासँग आत्मसात् गर्न सक्ने भएका छन्। त्यसैले यसप्रतिको बुझाइ फरक–फरक रहेको पाइन्छ।
देश–विदेशमा गरिने भ्रमण तथा दर्शनीय एवम् रमणीय स्थलहरूको भ्रमणलाई सामान्य अर्थमा पर्यटन भन्ने बुझिन्छ। तर आजको युगमा पर्यटनको परिभाषा बढी नै फराकिलो भएको छ। नेपाल आउने विदेशीहरू त हिमाल आरोहण, पदयात्रा, पर्वतीय शृङ्खलाको दृश्यावलोकन,र्याफ्टिङ, प्याराग्लाइडिङ, कायाकिङ, साइक्लिङ, बोटिङ, प्राकृतिक सम्पदाहरूको अवलोकन, मठमन्दिर, पाटीपौवा, गुम्बा, पुराना दरबारहरू, अन्य प्राकृतिक तथा मानवनिर्मित संरचनाहरूको
दृश्यावलोकनलगायतका कार्यक्रमहरूकोप्याकेज नै समग्रमा पर्यटन हो। त्योभन्दा पनि फराकिलो भएर सोच्ने हो भने धार्मिक, सांस्कृतिक, पुरातात्विक,ऐतिहासिक क्षेत्रहरूको अध्ययन, भ्रमण तथा अवलोकन गर्ने कार्य पनि यसै अन्तर्गत पर्दछ। त्यसकारण सतही बुझाइका भरमा नपरी अर्बौंको लगानी तथा लाखौंलाख मानिसको रोजीरोटीको माध्यम बनेको पर्यटनबारे वास्तविक बुझाइ व्यवहारमा उतार्नुचाहिँ सर्वस्वीकार्य छ।
राजधानी काठमाडौं तथा मुलुकका मुख्य सडक, गल्ली तथा पार्कमा विनापथप्रदर्शक आफूखुशी देखापर्ने कतिपय पर्यटकहरू अत्यन्तन्यून खर्चमा, अझ चिया–पाउरोटीका भरमा नेपालभ्रमणमा आएका दृश्यहरू यहाँ धेरै नै देख्न पाइन्छ।
त्यस्ता पर्यटकहरूबाट नेपाललाई कुनै पनि खालको आम्दानी हुँदैन। अन्य देशबाट एक–दुई दिनका लागि नेपाल भ्रमण गर्ने भनेर आएका पर्यटकहरू नेपाल आइपुग्दा खर्च सकिएर अलपत्र परेका पनि पाइन्छन्। त्यसकारण पनि यहाँ सङ्ख्यात्मकभन्दा गुणस्तरीय पर्यटक/पर्यटनको खाँचो छ। त्यस्ता पर्यटकहरूले मात्र आफ्नो नेपाल बसाइको अवधि लम्ब्याउन सक्छन्। त्यस अवधिमा उनीहरूले गर्ने खर्च नै पर्यटन व्यवसायको मुख्य स्रोत बन्नेछ।
विडम्बना नै मान्नुपर्दछ कि २०१६ सालदेखि सरकारी स्तरबाटै नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि प्रयास भएको पाइन्छ तर अहिलेसम्म आइपुग्दा पनि त्यस अवस्थामा अपेक्षाकृत सुधार हुन सकेन। नेपालमा पर्यटन विकास तथा व्यवस्थापन र सरकारबाट भएका प्रयाससहितको विकासक्रम:
– वि.सं. २०१६ मा पर्यटन बोर्ड स्थापना।
– वि.सं.२०१८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन।
– वि.सं. २०२९ मा पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग।
– वि.सं.२०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना।
– वि.सं.२०३९ मा निर्माण तथा यातायात मन्त्रालयको हवाई विभागलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राख्ने निर्णय।
– वि.सं.२०५५ मा हवाई विभागलाई नेपाल नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभाग खारेज गरी नेपाल पर्यटन बोर्ड बनाइयो, जसबाट खुल्लाबजार अर्थतन्त्रलाई
व्यवस्थित गर्न सहज वातावरण निर्माण हुने अपेक्षा राखियो।
– वि.सं. २०५७ मा संस्कृत क्षेत्रको समेत कार्य गर्ने गरी सो मन्त्रालयको नयाँ नामकरण गरियो ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’।
– वि.सं २०७१ भाद्र महिनामा पर्यटन विभागको कार्यक्षेत्र तोकियो।
वर्तमान अवस्था:
नेपाल भ्रमण वर्ष १९९८ पछि आयोजना गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सरकारले ल्याएका विभिन्न कार्यक्रमहरूलाई राम्रोसँग पूरा गर्न सकिएको खण्डमा मुलुकको आर्थिक विकासले महत्वपूर्ण फड्को मार्ने विश्वास गर्न सकिन्छ।
विदेशी पर्यटकहरूका लागि सरकारी तथा निजी प्रतिष्ठानहरूद्वारा आयोजित कार्यक्रमहरू निर्बाधरुपमा कार्यान्वयन हुनसकेमा नेपालको विकासमा उल्लेख्य सहयोग पुग्ने अपेक्षागर्न सकिन्छ।
नेपाल सरकार, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणको रणनीतिबमोजिम देशका सबै प्रदेशले आ–आफ्नो बुताले भ्याएसम्म पर्यटकका लागि आकर्षक कार्यक्रमहरू तर्जुमा गरेको पनि पाइन्छ।
पर्यटन व्यवसायीहरूबाट पटक–पटक पर्यटनका लागि आवश्यक पर्ने पूर्वाधारहरू र विभिन्न खालकासुविधाहरूको कमी भएका टीकाटिप्पणी गरिरहेका बेला त्यस्ता पूर्वाधारहरू खासगरी सडक तथा पदमार्गलगायतका सुविधाहरूमा कमी भएको बताइएको छ।
तर पूर्वाधारहरू भन्नाले सडक, पदमार्ग, नयाँ–नयाँ ट्रेलहरू मात्रै नभएर पर्यटकहरू हिँडडुल गर्ने मार्गहरूमा आराम गर्ने तथा बास बस्ने होटल÷होम–स्टेहरूको व्यवस्था, चिया, नास्ता, खाजा खाने खाजाघर तथा रेस्टुरेन्टहरू,हिमाल तथा अन्तिम गन्तव्य, सबै हिमालका फेदीहरूमा आवश्यकताअनुरुप आधार शिविरहरूको व्यवस्थापन पनि पूर्वाधारअन्तर्गत नै पर्ने हुनाले त्यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ।
त्यसो त नेपाल सरकारको विभागीय कार्यविभाजनअन्तर्गत निर्मित नियमावली–२०७४ ले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्षेत्र तोकेको छ। ती कार्यक्षेत्रहरूमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक पर्यटन, पर्वतारोहण, नागरिक उड्डयन तथा वायुयानसम्बन्धी रहेका छन्।
सरकारी अपेक्षाअनुसार यसपटकको भ्रमण वर्षमा पर्यटकहरूको संख्या पूर्वनिर्धारित २० लाखभन्दा बढी हुने आयोजक पक्षको दाबी छ, अझ केही सरकारी अधिकारीहरूले त झन्डै ३० लाखको हाराहारीमा पर्यटकहरू नेपाल आउने अनुमान पनि गरेका छन्। त्यसका लागि वर्तमान अवस्थामा पर्याप्त होटलहरूको व्यवस्था भएको दाबी पर्यटन व्यवसायीहरूले गरेका छन्।
नेपालमा पर्यटन प्रवद्र्धनका लागि धेरै योजनाहरू बनेका छन्। सरकारले पनि यस क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै आएको पनि छ तर समस्या भनेको योजना तथा कार्यक्रमहरू पूर्णरुपमा कार्यान्वयन नहुनु नै हो। अर्को कुरा, नेपालमा पर्यटकहरूको संख्या बढाउने कुरा मात्रै गरिन्छ, तर गुणस्तरीय पर्यटकहरूभित्र्याउने विषयमा खासै प्रगति हुन सकेको छैन।
अन्य देश हुँदै यसो नेपालमा पनि भ्रमण गरौं न त भनेर आउने र नेपाललाई नै गन्तव्य बनाएर भ्रमणमा निस्कने पर्यटकको खर्च गराइमा फरक भेटिन्छ। थोरै खर्चमा नेपाल घुम्ने खालका तथा गाइड/पथप्रदर्शकविना नै नक्साका भरमा घुम्ने खालका पर्यटकहरूले खासै खर्च गर्ने गरेको पाइँदैन।
त्यस्ता पर्यटकहरूको संख्या जति नै बढी आए पनि नेपाललाई आर्थिकरुपमा कुनै फाइदा देखिँदैन। वर्षको अन्त्यमा पर्यटक यति आए र उति आएभनेर प्रतिवेदनमा संख्या बढाउनबाहेक उल्लेखनीय उपलब्धि हासिल हुने देखिँदैन।
चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासिकमा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या ९ लाख पुगेको छ। त्यस्तै भ्रमण वर्षलाई नै लक्षित गर्दै पोखरा र भैरहवा विमानस्थल पनि सञ्चालनमा ल्याउने, रात्रि उडान सञ्चालन गर्नेलगायत कार्यक्रमहरू प्राथमिकतामा रहेका छन्। पूर्वनिर्धारित कार्यक्रमहरू क्रमशः पूरा गर्दै जान सकेमा भ्रमण वर्ष आंशिकरुपमै भए पनि उपलब्धिमूलक बन्नेछ।
कार्यान्वयन पक्ष:
मुलुकका सबैखाले योजना, रणनीति, नीति तथा कार्यक्रमहरूको रुपरेखा तयार पार्ने, नयाँ–नयाँ कार्यक्रमहरू बनाउने, कार्यान्वयन गर्ने, सरकारी÷अर्धसरकारी÷निजी संघसंस्थाहरूले गर्ने पर्यटन प्रवद्र्धन तथा नियमितरुपमा सञ्चालन गर्दै आएका कार्यहरूको निर्देशन, मार्गदर्शन, अनुगमन तथा मूल्यांकनलगायतका कार्यहरू सरकारकै सम्बन्धित मन्त्रालय तथा तोकिएका विभागहरूले विशेष निगरानीका साथ गर्नु पहिलो प्राथमिकतामा हुनुपर्दछ।
त्यसका लागि संघीय, प्रादेशिक र स्थानीय तहहरूले आ–आफ्नो कार्यक्षेत्र छुट्याएर निम्नानुसारका कामहरू गर्नु आवश्यक छः
  •  तीनै तहका सरकारले पर्यटनका लागि आवश्यक पूर्वाधारहरू निर्माण कार्यलाई निरन्तरता दिने।
  •  भ्रमण वर्ष अवधिभर नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रवेशाज्ञा÷भिसा शुल्क सके पूरै, सम्भव नभए आंशिक वा निश्चित प्रतिशत छुटको व्यवस्था गरिदिने।
  •  होम–स्टेका नाममा सञ्चालित स्तरहीन गेस्ट हाउस, कटेज वा पाहुनाघरको कडा निगरानी गरी नियमन गर्ने तथा पर्यटकहरूलाई ठगिनबाट जोगाउने।
  •  निश्चित अवधि नेपाल बस्न वा डुल्न आउने पर्यटकलाई विशेष व्यवस्था वा रोयल्टीमा छुट गरिदिने।
  •  सरकारले आरोही नपुगेका ३३ वटा हिमालमा रोयल्टी छुटको व्यवस्था गरेको छ, तर त्यसको जानकारी पर्यटकहरूलाई नहुन सक्छ, त्यसैले व्यापकरुपमा प्रचारप्रसार गर्ने।
  •  विदेशस्थित नेपाली दूतावासहरूमार्फत नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गराउने।
  •  भ्रमणवर्ष झल्काउने खालका लोगो, स्टिकर, झन्डा, ब्रोसर, टोपी, टी–सर्ट तथा अन्य आकर्षक प्रचार सामग्रीहरू तयार पार्ने।
  •  पर्यटन विभागले मन्त्रालयसमक्ष सिफारिस गरेका नीति तथा कार्यक्रमहरू सम्भव भएसम्म कार्यान्वयनतर्फ सक्रियता देखाउने।
  •  अन्य वर्षहरूभन्दा भ्रमण वर्ष विशेष बनाउनका लागि आकर्षक प्याकेजहरूको व्यवस्था गर्ने।
  •  प्राकृतिक, सौन्दर्य, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, धार्मिक तथा सांस्कृतिक साइटहरू,साहसिक पर्यटन, पदयात्रा, साइक्लिङलगायतका हरेक क्षेत्रमा सुधार र आकर्षण बढाउने।
  •  पर्यटकहरूका लागि क्यासिनो तथा मनोरञ्जनका अन्य कार्यक्रमहरू निर्माण गर्ने।
  •  मुलुकका सम्पूर्ण सञ्चारमाध्यमलाई भ्रमणवर्षका सामग्री प्रचारप्रसार गर्न लगाउने।
  •  उल्लिखित पक्षहरूलाई ध्यानमा राखेर सम्बद्ध निकायहरूले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन सके मात्र हाम्रो भ्रमणवर्ष सफल एवम् उपलब्धिमूलक बन्नेछ।

प्रतिक्रिया दिनुहोस्