आफैलाई एचआइभी भएको बिषयमा एक लाख ३५ हजार नागरिक अनविज्ञ   



ब्राजिल ।

ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक चलाउने क्रममा यस्तो तथ्य फेला परेको हो ।

मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ ।

देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ ।

मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ ।

एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

“प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,” एक चिकित्सकले भने ।

ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३.६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२.८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्