अमेरिकामा शेर्पाद्वारा पर्यटन प्रवद्र्धन



काठमाडौं, (नेस)। 

पर्यटन व्यवसायी आङ पासाङ शेर्पाले भिजिट–नेपाल २०२० को अमेरिकामा प्रवद्र्धन गर्ने कार्य भएको छ। अमेरिकाको लस–भेगासमा आयोजित आइएमएक्स अमेरिका २०१९ नामक विश्वव्यापी व्यापारिक प्रदर्शन मेलामा नेपालको प्रतिनिधित्व गरेर शेर्पाले भिजिट–नेपाल २०२० को प्रवद्र्धन गरेका हुन्।

विश्वका १ सय ५० देशका प्रतिनिधिले भाग लिएको उक्त प्रदर्शनमा ३ हजार ५ सयभन्दा बढी व्यापारिक प्रदर्शनीमा नेपालवाट प्रतिनिधित्व गर्ने पिके एभरेष्ट ट्रेकिङका प्रबन्धक समेत रहेका आङ पासाङ शेर्पा मात्र थिए।

शेर्पाले त्यहाँ नेपालमा रक–क्लाम्बिङ र विशेषत भिजिट–नेपाल २०२० लाई नै जोड दिएर नेपालको प्रवद्र्धन गर्ने कार्य गरेको बताएका छन्। भिजिट–नेपाल २०२० मा २० लाख पर्यटक नेपालमा भित्राउने नेपालले राखेको उदेश्यनुरूप पर्यटन व्यवसायी शेर्पाले अमेरिकामा एक्लै भए पनि प्रवद्र्धन गर्ने कार्य गरेका हुन्।

भगवान बुद्ध जन्मेको देश र विश्वको उच्च शिखर सगरमाथाको देश नेपाल भनेर त्यहाँ पुगेका विश्वका १ सय ५० मुलुकका प्रतिनिधिहरुलाई जानकारी दिएर नेपाल भ्रमण गर्न प्रोत्साहित गरेका थिए।

विशेषत नेपालको भिजिट–नेपाल २०२० का संवन्धमा नेपालले राखेका लक्ष्य तथा उदेश्य अनि नेपालका सम्बन्धमा धेरै जिज्ञासा राख्ने कार्य उनीहरुवाट भएको पर्यटन व्यवसायी शेर्पाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्