हुण्डी कारोबार गर्ने दुई जना पक्राउ



काठमाडौं, (नेस)।

अवैध रूपमा हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई र अन्जनी ओभरसिजका सञ्चालक काठमाडौंका ५८ वर्षीय अन्जनी गोवद्र्धनप्रसाद सरावगीलाई महानगरीय प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको हो।

प्रहरीले भट्टराईको साथबाट ३० लाख नगद तथा सरावगीको साथबाट ८ लाख १२ हजार रुपियाँ नगद लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेकसमेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्