८१ प्रतिशत पुनर्निर्माण कार्य पूरा



खोटाङ, (नेस) ।

खोटाङमा भूकम्पपछिको पुनर्निर्माण कार्य ८१ प्रतिशत पूरा भएको छ। आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङले जनाएको छ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प र पराकम्पनका कारण जिल्लामा घरविहीन बनेका कुल ८ हजार ८ सय २३ लाभग्राही रहेका छन्।

पीडितमध्ये पुनर्निर्माणतर्फका ८ हजार ४ सय ६२ र प्रवलीकरणतर्फका ३ सय ६१ परिवार गरी गत कात्र्तिक मसान्तसम्ममा ५ हजार ५ सय ७ परिवारलाई तेस्रो किस्ता प्रदान गरिएको छ।

यस्तै, ६ हजार ७ सय १० परिवारलाई दोस्रो किस्ता र ८ हजार ३ सय ३२ परिवारलाई पहिलो किस्ता वितरण गरिसकिएको मणिराम ढकालले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्