देउसीभैलोको रकमबाट वृद्धलाई घर



बारा, (नेस)।

निजगढ नगरपालिका–७ स्थित चौतारा युवा क्लबले स्थानीय एक असहाय वृद्धको लागि घरको बिहीबार शिल्यान्यास भएको छ। नगरपालिका उपप्रमुख लिलादेवी लामिछाने र वडा अध्यक्ष रामजी बजगाईंले दुई कोठे ब्लक र जस्तापाताले छाएर बनाउन लागिएको घरको संयुक्तरूपमा शिल्यान्यास गर्नुभएको हो।

क्लबले यस वर्षको तिहारमा देउसी भैलो खेलेर संकलक भएको रकमबाट स्थानीय ८२ वर्षीय दुर्गाबहादुर रानामगरलाई घर बनाइदिने निर्णय गरेको थियो। हाल बस्दै आएको रानामगरको काठेघर भत्किन लागेपछि करिब डेढ लाखको लागतमा घर बनाउन लागिएको क्लबका अध्यक्ष दिलबहादुर पुलामीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्