सिंगापुरमा नेपाली सम्मानित



सिंगापुरमा हालै सम्पन्न अन्तर्राष्ट्रिय गोल्डेन ब्रान्ड अवार्ड–२०१९ मा ४ नेपाली सम्मानित भएका छन्। विभिन्न ३० राष्ट्रबाट सहभागी ४ सय मनोनयनमा नेपालको तर्फबाट २ पुरुष र २ महिला छनोटमा परेका थिए।

त्यसबाट फेसन कोरियोग्राफर आस्विनीकान्त झा र पेजेन्ट डाइरेक्टर निशुकान्त झा अवार्डेड भएका हुन्। उनीहरूलाई प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजले सम्मान गरेका थिए।

महिलातर्फको लेडी अफ एक्सिलेन्स अवार्डमा मनोनयमा परेका २० देशका २ सय बढीबाट मोडल एलिजा महर्जन र फिल्म निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुमेका थिए।

 

प्रतिक्रिया दिनुहोस्