को बिलायो ?



कांग्रेस नेता देउवा हिजोआज सरकारविरुद्ध खरोरूपमा उत्रिया छन्। प्रधानमन्त्री ओलीकै ‘ग्रिन सिग्नल’ ले गर्दा भारतले नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गर्न आँट गर्या उनको दाबी छ। देउवाको बोली बुझिँदैन भन्नेले पनि पछिल्ला भाषण हुबहु बुझ्या सुन्दा/देख्दा धरहरा तीनछक पर्न थाल्या छ।

सभापति यसरी सक्रिय भएसी आफ्नो दलले बल्ल असली प्रतिपक्षी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसका नेता–कार्यकर्ता गजक्क पर्या छन् भने सत्तारूढ नेकपाका नेता–कार्यकर्तालाई उनको बोली पेचिलो भा’छ।

‘देउवाले प्याचप्याची तथानाम बोलेर आफ्नो मात्रै होइन पार्टीको छवि पनि धमिल्याए’ भन्ने नेकपा कम्रेडको ग्याङ पनि निकै बढ्या छ।भर्खरै कार्यकारी हैसियत पाएका नेकपा अध्यक्ष प्रचण्डले बुधबार पोखरामा भने– ‘अब यस्तै हो भने मुलुकमा कांग्रेस भन्ने पार्टी पनि थ्यो र भन्ने दिन नआउला भन्न सकिन्न।’

झुट बोलिरहने कांग्रेस पार्टी पनि थियो भन्ने किंवदन्ती बन्ने अवस्था आउन सक्ने उनको तर्क सुन्दा धरहराले सपना/विपना छुट्याउन सकेन। ‘आफ्नो आङमा भैंसी देख्नु छैन अर्काको आङमा जुम्रा’ भन्ने उखान कम्रेडले सुन्या छैनन् कि क्या हो।

आफूले नेतृत्व गर्या पार्टी खिइँदै–खिइँदै कम्रेड सीपी र वैद्यको हैसियतमा पुग्ने निधो भएसी एमालेमा विलय भएको आम नेपालीलाई थाहा छैन र भन्या। धरहराले सत्य कोट्याउन मात्रै चाहेको हो, कांग्रेसको जयजयकार गर्न खोज्या होइन, पाठकवृन्दलाई चेतना भया।

प्रतिक्रिया दिनुहोस्