अग्नि ग्रुपद्वारा विराटनगर शोरुम स्थापना



अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो।
नवस्थापित ट्रयाक्टर शोरुम तथा वर्कसपको अग्नि इंकका निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एन्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य सञ्चालन तर्फकी वरिष्ठ बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि इंकको ट्रयाक्टर विभागका नायब महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजयकिशोर देवको संयुक्त उपस्थितिमा बुधबार उद्घाटन गर्नुभयो।
विराटनगर र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अग्नि इंकको ट्रयाक्टर विभागका नायब महाप्रबन्धक प्रभाषमान शाक्यका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादन उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रमा समान गुणस्तर सेवाका कारण उपभोक्ताले अधिकतम सन्तुष्टि पाइरहेका छन्।
थ्री एस सेटअपअन्तर्गत महिन्द्रा ट्रयाक्टरका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तै युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदिमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्