मुम्बई हमलाका पीडितको अपमान



वासिंगटन, (एजेन्सी)।

सन् २००८ नोभेम्बर २६ मा भएको मुम्बई हमला ११ वर्ष बित्दा पनि त्यसका जिम्मेवार अपराधीलाई दोषी ठहर्याउन नसक्नुलाई पीडित परिवारका लागि अपमान भएको जनाइएको छ। उक्त हमलामा १ सय ६६ जनाको हत्या भएको थियो।

लस्कर ए तोइबाका १० आक्रमणकारीले नोभम्बर २६ राति मुम्बईको फरक–फरक इलाकामा हमला गरेका थिए। जसमा पाँचतारे होटल र क्याफेलाई पनि निसाना बनाइएको थियो।

घटनामा मारिएकाहरुमा विदेशी नागरिकहरु पनि परेका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उक्त घटनालाई विश्वलाई हैरान पार्ने खालको कायरतापूर्ण हमला भएको बताए।

प्रतिक्रिया दिनुहोस्