अनौठो सँजाय



न्युयोर्क, (एजेन्सी)।

अमेरिकाका अलावामाका गभर्नर के इभिले केही यौन उत्पीडकहरुलाई रसायनिक पदार्थ प्रयोग गरी यौन क्षमता निस्क्रिय पारिने कानुनका लागि अघि सारिएको विधेयकमाथि हस्ताक्षर गरेका छन्।

सो कानुनअनुसार कारागार मुक्त हुनु एक महिनाअघि तिनीहरुमाथि यो उपचार विधि अपनाइने बताइएको छ। तेह« वर्षभन्दा मुनिका बालिकामाथि यौन दुव्र्यवहार गर्ने अपराधीमाथि यो कानुन कार्यान्वयन गरिने बुझिएको छ। त्यस्ता अपराधीले अदालतले पुग्यो नभने सम्म कारागारमुक्त भएदेखि मानसिक उपचार पनि गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्