नेसनल स्कुल थिएटर फेस्टिबल शुरू



स्कुल थिएटर नेपाल र एसियन एकेडेमी फर पिस, रिसर्च एन्ड डेभलप्मेन्टको संयुक्त आयोजनमा राजधानीको थापा गाउँस्थित कुञ्ज थिएटरमा नेसनल स्कुल थिएटर फेस्टिबल २०७६ बुधबारबाट आरम्भ भएको छ।

सातै प्रदेशका सामुदायिक विद्यालयलाई महोत्सवमा सहभागी गराउने उद्देश्यका साथ शुरू भएको महोत्सवको पहिलो दिन बुधबार प्रदेश नं ७ कैलालीबाट कठै तिन् मास्टर र इलामबाट थान नामक नाटक मञ्चन गरियो। कठै तिन् मास्टर विजयराज आचार्यको कथामा पुष्पराज अवस्थीले निर्देशन गरेका थिए।

एभरेस्ट एकेडमीको नाटकमा पहाडबाट बसाइसराइ गरिसके पनि समाजमा जरा गाडेर बसेको छाउपडीबाट कसरी महिला प्रभावित भएका छन् भन्ने विषयमा थियो। नाटकमा आस्था भट्ट, आशिका पण्डित, सन्तु भट्टराई, नेहा सिंह, प्रान्जल गुरागाईं, करन थापा, हेमन्त भट्ट र सुदीप जोशीले अभिनय गरेका थिए।

नाटक, बाहिर अरूलाई अर्ती र उपदेश दिने तर आफ्नै घरमा परिवर्तन ल्याउन नसक्ने मास्टरको मनोदशा र बालमनोविज्ञानमा आधारित थियो।
प्रदेश नं. १ स्थित बरबोटे इंग्लिस बोर्डिङ स्कुल, इलामको थानलाई सुरेश पोर्तेलले निर्देशन गरेका थिए। नाटक समाजमा चलिआएको परम्परा र विश्वासको सेरोफेरोमा थियो। महोत्सव शुक्रबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्