हेलिकोप्टर दुर्घटनामा



पेरिस, (एजेन्सी)।

मालीमा जिहादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा दुईवटा हेलिकोप्टर आपसमा ठोकिँदा १३ जना फ्रेन्च सैनिकको ज्यान गएको फ्रान्सको राष्ट्रपतिय कार्यालयबाट जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ।

८० को दशक यता यसरी एउटै घटनामा यति ठूलो संख्यामा फ्रेन्च सेनाको ज्यान गएको यो पहिलो घटना हो। फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंले यस घटनाप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

दुर्घटना सम्बन्धमा आवश्यक छानविन शुरू भइसकेको छ। इस्लामिक लडाकूहरुले मालीको उत्तरी भागमा कब्जा गरेपछि सन् २०१३ मा फ्रान्सले त्यहाँ हजारौं फौज तैनाथ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्