वाजबा विरुद्ध फैसला



AP11_26_2016_000206B

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको सर्वोच्च अदालतको ३ सदस्यीय बेन्चले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल सेवा अवधि बढाउने निर्णयलाई बुधबारसम्मका लागि रोक लगाउन आदेश जारी गरेको छ। अदालतले रक्षा मन्त्रालय र केन्द्रीय सरकारलाई पनि सूचना जारी गरेको छ।

जनरल कमर जावेद नोभम्बर २९ मा रिटायर हुने थियो। गत अगस्ट १९ मा प्रधानमन्त्री इमरान खानले जनरल बाजवाको कार्यकाल ३ वर्ष बढाइदिएको थियो। न्यायसम्बन्धि एक संस्थाले जनरल बाजवाको सेवाकाल वृद्धिविरुद्ध याचिका सोमबार सर्वोच्च अदालतमा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्