रामजन्मभूमि फैसला प्रकरण : सुन्नी वक्फ बोर्डले फैसलाविरुद्ध पुनर्विचार याचिका नदिने



नयाँदिल्ली, (एजेन्सी)।

भारतको मुस्लिम मामिला हेर्ने संस्था सुन्नी वक्फ बोर्डले बाबरी मस्जिद–रामजन्मभूमि मामिलामा सर्वोच्च अदालतको फैसलालाई मान्ने र त्यसका विरुद्ध पुनर्विचार याचिका दायर नगर्ने निर्णय गरेको छ। बोर्डले सर्वोच्च अदालतको निर्देशनअनुसार मस्जिदका लागि प्रदान गर्न भनिएको पाँच एकड जमिन लिने वा नलिने विषयमा फैसला गरेको छैन।

यस विषयमा फैसलाका लागि पछि बैठक बोलाइने जनाइएको छ।अयोध्या मामिलामा लखनउमा सुन्नी वक्फ बोर्डको मंगलबार भएको बैठकले उक्त निर्णय गरेको हो। वोर्डका सात सदस्यमा पाँच सदस्यले पुनर्विचार याचिका दायर नगर्नेमा सहमति दिएको र एक सदस्य अब्दुल रज्जाक यसमा सहमत नभएको जनाइएको छ।

सुन्नी वाक्फ बोर्डको बैठक नोभेम्बर ९ मा आयोध्या मामिलामा आएको फैसलामा कुराकानी गर्न बोलाइएको थियो। बैठक पूर्वबोर्डका अध्यक्ष जफर फारुकीले सर्वोच्च अदालतको आदेश पालना गर्ने विषयमा बोर्डले के गर्ने भन्ने फैसला लिने बताएका थिए।

गत हप्ता लखनउमा अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डको पनि बैठक बसेको थियो। उक्त बैठकले सर्बसम्मतबाट सर्वोच्च अदालतको फैसला विरुद्ध पुनर्विचार याचिका दायर गर्ने निर्णय गरेको थियो। पर्सनल ल बोर्डले चाँडै नै यो याचिका दायर गर्ने तयारीमा रहेको बताइएको छ।

बैठकपछि सुन्नी वक्फ बोर्डका अध्यक्ष जुफर फारुकीले भने– पाँच एकड जमिनमा सर्वसम्मत धारणा बनाउनका लागि सदस्यहरुले थप समय चाहेका छन्। किनभने सबै सदस्यले सर्वोच्च अदालतको पूर्णपाठ पुरै पढेका छैनन्। जति पनि मुस्लिम संगठन र पक्षकार छने उनीहरुले शुरुदेखि नै जे फैसला आए पनि त्यसलाई मान्ने भन्ने नै थियो। हामी त्यही अडानमा कायम छौं।

प्रतिक्रिया दिनुहोस्