ठूलो मृगौला



नयाँदिल्ली, (एजेन्सी)।

भारतीय डाक्टरहरुले एकजना बिरामीको शरीरबाट झण्डै दुईजना नवजात शिशुको तौलवरावरको ७ दशमलव ४ केजी वजनको एउटा मृगौला शल्यक्रिया गरेर निकालेका छन्। भारतको चिकित्सा क्षेत्रको इतिहासमै यसरी निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मृगौला भएको बताइएको छ।

प्रायशः एउटा मृगौलाको तौल वास्तवमा १ सय २० देखि १ सय ५० ग्राम हुने गर्दछ। ती व्यक्ति अटोसोमल डोमिनन्ट पोलिसिस्टिक नामक मृगौला रोगको पीडित रहेका थिए। यस रोगका कारण मृगौलावरपर सिस्ट बढ्न थाल्छ।

प्रतिक्रिया दिनुहोस्