छ माया छपक्कै डिस होममा



यस वर्ष रिलिजमा आएकामध्ये सर्वाधिक सफल सावित फिल्म छ माया छपक्कै अब डिस होममा हेर्न पाइने भएको छ। दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, केकी अधिकारी, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङ्देल, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोलालगायत दर्जनौं लोकप्रिय कलाकारको अभिनय रहेको फिल्म पर्सि शुक्रबारदेखि डिस होमको सिनेमा घर च्यानल नम्बर १ सय ८ मा हेर्न पाइने भएको हो।

डिस होमले हलसम्म गएर फिल्म हेर्न समय निकाल्न असमर्थ र हलको सहज पहुँच नभएका दर्शकका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसेर फिल्म हेर्न मिल्ने पे पर भ्यु सुुविधाअन्र्तग छ माया छपक्कै देखाउन लागेको हो।

पे पर भ्युसुविधाअन्तर्गत सञ्चालन भइरहेको सिनेमा घर च्यानल नं. १ सय ८ मा नयाँ नेपाली फिल्म हलमा लागेसँगै वा हलमा लागेको केही समयपछि न्यूनतम शुल्कमा हेर्न सकिन्छ।

हरेक दिन ८ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम विक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिने डिसहोमले जनाएको छ।

आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल फिल्म गत कात्तिक २४ गते रिलिजमा आएको थियो। फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्