कारमा सन्तान अलपत्र छाड्नेलाई हत्या आरोप



सिडनी,(एजेन्सी)।

अष्ट्रेलियामा एकजना महिलालाई उनका दुईजना बालिका तातो कारभित्र मृत फेला परेपछि सोमवार हत्याको अभियोग लगाइएको छ। शनिबार प्रहरी अधिकारीहरूले क्रमशः एक र दुइ वर्र्षीय बालिका क्विन्स ल्यानडमा मृत फेला पारेका थिए। तिनीहरू कति लामो समयदेखि कारभित्र थुनिएको भन्ने स्पष्ट हुन् सकेको छैन। तिनीहरू अत्याधिक तापक्रमको शिकार भएको बताइएको छ।

व्रिस्वेन नजिकको शहरमा तिनीहरूलाई कारमा फेला परेकोबेला त्यहाँको तापक्रम ३१ डिग्री सेल्सियस रहेको थियो। क्विन्सल्यान्ड राज्यमा कसैको पनि जीवनप्रति वेवास्ता गर्र्नुलाई पनि हत्याकै संज्ञा दिने निर्णय गरिएयता यो अभियोग लाग्ने यी २७ वर्षीया आमा केर्री एन कोन्ली पहिलो व्यक्ति बनेकी छिन्।

अष्ट्रेलियाली सरकारी सञ्चारमाध्यम एबिसिले तिनलाई साथमा लागु औषध र सो सेवनका लागि आवश्यक पाइप लगायतका वस्तु राखेको अभियोग पनि लगाइएको छ। क्विन्सलयान्ड राज्यका प्रमुख एन्नाससिया पालास्जुकले ती बालिकाको मृत्युलाई अत्यन्तै दुखदायी घटनाको संज्ञा दिँदै यस घटनामाथि बालसुरक्षा विभागले पुनरावलोकन गर्ने बताएकीछिन्।

कारमा बच्चीहरू एक्लै छोडिएको सम्बन्धमा खबर पाउनासाथ स्वास्थकर्मीहरूसमेत लिएर घटनास्थलमा पुगेको प्रहरीहरूले तिनीहरू पहिल्यै मरिसकेको अवस्थामा भेटाएको थियो। व्रिस्वेनको दक्षिण भागमा रहेको लोगान स्थित तिनीहरूको घरसामु मानिसहरूले समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्