असान्जको स्वास्थ्य खराब



लन्डन, (एजेन्सी)।

विकिलिक्सका संस्थापक जुलियन असान्जको स्वास्थ्य स्थितिलाई लिएर ६० भन्दा बढी चिकित्सकले एक खुला पत्रमार्फत चिन्ता व्यक्त गरेका छन्। असान्जकोे अत्यन्त नाजुक स्थितिलाई लिएर चासो व्यक्त गर्दै बेलायतको जलेमै उनको मृत्यु हुने आसँका व्यक्त गरेका छन्।

असान्ज जासुसीको आरोपमा अमेरिका हस्तान्तरण हुन् सक्ने माग विरुद्ध कानुनी लडाई लडिरहेका छन्। जासुसी गरेको आरोपमा दोषी ठहरिएमा उनले अमेरिकी जेलमा १ सय ७५ वर्ष विताउनु पर्ने हुन् सक्छ। गृह मन्त्री प्रिति पटेल र गृह मन्त्रालयलाई लेखिएको पत्रमा असान्ज दक्षिण पूर्व लन्डनको बेलमार्स जेलबाट अस्पताल भर्ना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्