अपहरण मुक्त



मनिला, (एजेन्सी)।

फिलिपिन्सको सेनाले एकजना वेलायती व्यापारी र उनकी फिलिपिनो पत्नीलाई दक्षिणी फिलिपिन्सबाट अपहरणकारी समूहबाट मुक्त गरिएको सोमबार जनाएको छ।

एल्लान र विल्मा हायरोनसलाई गत ४ अक्टोबरमा मिन्दानाओ टापु स्थित सामुन्द«ी तटको एक रिसोर्टबाट चारजना शसस्त्र व्यक्तिले अपहरण गरेका थिए। ती अपहरणकारी आइएस समूह समर्थित लडाकु समूह अवु सयाफका सदस्य हुनुपर्ने अनुमान गरिएको छ।

आइतबार सुलु क्षेत्र नजिक सेनासँग गोली हानाहान हुन थालेपछि तिनीहरू भागेका थिए। वेलायती विदेश मन्त्री डोमिनिक रावले ति दम्पती सुरक्षित र स्वास्थरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्