नेपालीहरूद्धारा नेदरल्याण्डमा भारतिय हस्तक्षेप विरुद्ध नाराबाजी



दीपेन्द्र गजुरेल, स्पेन ।

नेदरल्याण्डको हेगस्थित भारतिय दुताबास अगाडि नेदरल्याण्डबासी नेपालीहरूले अपरान्ह भारतिय हस्तक्षेप विरुद्ध नाराबाजी गरेका छन् ।

छिमेकी भएर चरम ज्यादती गरेको भारतलाई मित्रवत ब्यवहार गर्न पनि आग्रह गरे स्थानीय प्रहरीले ज्ञापन र नाराबाजी दुबै नगर्न र दुईमा एक गर्न भनेपछि नाराबाजी गर्दै ज्ञापनपत्र हुलाक मार्फत बुझाउने सहभागीहरूले बताएका छन् ।

भारतिय विस्तारवाद विरूद्ध समाजसेवी तथा एनआरएनए नेदरल्याण्डका उपाध्यक्ष हेम कुमार भुजेलले बताए। भुजेलले भने– नेदरल्याण्डमा भएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा यो स्वधिनताको लडाईमा विश्वभरका नेपालीहरूले भारतिय हस्तक्षेप विरुद्ध चरणबद्ध खबरदारी गर्नुपर्छ।

नेपाली जनसम्पर्क समितिका नेदरल्याण्डका उपाध्यक्ष वेदराम कँडेलले भारतिय विस्तारबादको विरुद्धमा सम्पुर्ण न्यायप्रेमी नेदरल्याण्डबासीहरू एक भएर प्रवासबाटै राष्ट्रका लागि भारतिय हस्तक्षेपको विरोध स्वरुप खबरदारी गर्न आएको बताए ।

उपाध्यक्ष कँडेललेले थपे गो ब्याग इन्डिया,ज्यान दिन तयार छौ । हाम्रो भुमि फिर्ता गर जस्ता नाराबाजी गरेको उनले बताए ।
यस्तो प्रवासमा बस्ने नेपालीहरूले पनि ब्यापार रूपमम जनदवाव सिर्जना गर्न भारतिय दुताबास अघि केहि साता यता प्रर्दशन दैनिक हुन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्