जोमसोममा टाटाको वर्कसप



 काठमाडौं, (नेस)। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीका लागि सेवा प्रदान गर्नका लागि वर्कसप खोलेको छ।

समुन्द्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कसपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधिका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकको पनि सहभागिता थियो। जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कसप हो।

प्रतिक्रिया दिनुहोस्