रियल स्कुल अफ नेपालको ललितपुर अडिसन सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं। 
रियल स्कूल अफ नेपाल २०१९ अन्तर्गत चौथो क्षेत्रीय फाइनल ललितपुरमा सम्पन्न भएको छ। यस प्रतियोगिताबाट विजयी विद्यालय युनाइटेड स्कूल घोषित भएको छ। विजयी विद्यालयका सहभागी विद्यार्थी प्रबिज्ञा पाण्डे, सृिष्ट श्रेष्ठ, अशिम केसी, बर्सेन पुन, आयसा सुनुवार र प्रयत्न थापा हुन्।
विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१९ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै सिनियर समुह र जुनियर समुहका क्रियाकलापको विजेता सिनियरतर्फ एक्सटेम्पोर ः गणेश शाह, मदन स्मारक सेकेन्डरी स्कूल,डान्स ः जेनी बज्रचार्या, कृएटिभ एकेदेमी, फुटबल ः अशिम केसी, युनाइटेड स्कूल रहेका छन्।
जुनियर समुहतर्फ पेन्टिङ ः आयसा सुनुवार, युनाइटेड स्कूल (थ्री) ३ मिनेट टु फेम ः निशान्त महर्जन, इन्दे्र्रणी सेकेन्डरी इग्लिस स्कूल, स्कोर द रियल गोल ः लोरिन राना, मोडर्न इन्डियन स्कूल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्