को असली राष्ट्राध्यक्ष ?



मुलुकबाट राजतन्त्र बाईबाई भएको डेढ दशक पुग्न लाग्यो। श्रीपेज ओड्ने राजा आउट भएसी जनताका छोरा/छोरी उनको भूमिकामा छन्।

श्रीपेजसहितका राजारानी नभए पनि मुलुकमा श्रीपेजबिनाका राजारानी छताछुल्ल छन्, तीन वटै तहमा आफैलाई राजारानी दाबी गर्ने कति छन् कति, भनिसाध्य छैन।

तैपनि पूर्व राजपरिवारको हाईहाई अझै कमजोर देखिन्न। ज्ञानेन्द्र दर्शनका लागि तीर्थस्थल पुगुन् या थाइल्यान्ड र भारत घुमुन् अनि आफ्ना शुभेच्छुकसँगको भेटघाटमा जिल्ला दौडाहामा जाउन्।

कम्मर मर्काउँदै फलाइङकिस दिन डिस्को पुगे पनि उनको हाईहाई बढ्या छ। उनको शान र मान बढ्या देख्दा कहिले काहीँ त असली राष्ट्राध्यक्ष छुट्याउन धरहरा पनि भुक्किन्छ भन्या।

अझ ज्ञानेन्द्रको निजी सचिवालयले जारी गर्या विज्ञप्तिको भाषाशैली हेर्दा झन् कन्फयुज नहुने कुरै भएन।

प्रतिक्रिया दिनुहोस्