मुर्दा विवाद



जाकार्ता, (एजेन्सी)।

इन्डोनेसियाका एउटा अस्पतालमा वील भुक्तानी नगरेको भन्दै एकजना शिशुको शव परिवारलाई नदिएपछि त्यसको विरोधमा मोटरसाइकल चालकहरूका भिडले सो अस्पतालको मुर्दाघरमा दवाव सिर्जनागरेका छन्।

पादँँगशहरमा वार्दीयान्स्याह नामक मोटरसाइकल, ट्याक्सी ड्राइभरको नेतृत्वमा अन्य दर्जनौं ड्राइभरले मानवताको आधारमा अस्पताल प्रशासनसमक्ष दवाव दिएका थिए।

अन्तः तिनीहरु आलिफ पुतर नामक शिशुको लाश उनको परिवारको जिम्मा लगाउन सफल भएका थिए। तर एन जामिल अस्पतालले भने अस्पतालको विल नतिरेसम्म ६ महिने शिशुको अन्त्येष्टि गर्न नपाउने अडान लिएको छ।

प्रतिक्रिया दिनुहोस्