हङकङमा स्थानीय परिषद्को चुनाव



हङकङ (एजेन्सी)।

पृथक्तावादी आन्दोलन चर्किरहेको हङकङमा आइतबार जिल्ला परिषदको चुनावका लागि मतदान भयो। यस चुनावबाट ६ महिना पुगेको सरकार विरोधी प्रदर्शनलाई जनताको कति समर्थन रहेको छ भन्ने संकेत दिने जनाइएको छ।

हङकङको १८ जिला परिषद्का ४ सय ५२ सिटका लागि मतदान केन्द्र बाहिर मतदाताहरूको लामो लाइन देखिएको थियो। सहरमा चलिरहेको प्रदर्शन र स्थितिलाई ध्यानमा राख्दै धेरैजसो विहानै मतदानका लागि पुगेका थिए। विवाद र मुठभेदको स्थितिबाट बच्न नागरिकहरू विहानै मतदान केन्द्र पुगेको बताइएको छ।

जिल्ला परिषद्को विस्तृत स्वरूप भनेको सल्लाहकार निकाय हो र यो संस्थासँग अत्यन्त कमशक्तिमात्र हुन्छ। तर अर्ध स्वायत्त चिनियाँ क्षेत्रमा यो चुनावको सांकेतिक महत्व अत्यन्त धेरै छ। यदि विपक्षले राम्रो पदर्शन गरिरहन्छ भने जनता लोकतन्त्र समर्थक आन्दोलनको पक्षमा हुनेछ, तर यो पदर्शनले हिंस्रक रूप लिइसकेको छ।

हङकङमा सत्तारुढ दल र चीन सरकारले दैनिक जनजीवनमा अशान्ति तथा ब्यवधान आइरहेकोले मतदाताले यस आन्दोलन विरुद्ध मत दिने अपेक्षा गरेका छन्। हङकङका मुख्य सचिव म्याथ्यु चेउंगले यो मतदान वास्तविक लोकतान्त्रिक प्रक्रिया भएको र मतदान केन्द्रमा भारी संख्यामा प्रहरीको उपस्थितिले चुनाव शान्तिपूर्ण बनाउन सुनिश्चित गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्