चुनावका लागि मार्गप्रशस्त



सुक्रे,(एजेन्सी)। 

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसद्ले नयाँ निर्वाचनका लागि आइतबार मार्ग प्रशस्त गरेको छ। बोलिभियाली संसद्ले शनिबार पारित गरेको एक कानुन अनुसार राजनीतिक संकट बढिरहेको यस मुलुकमा नयाँ निर्वाचनको बाटो खुलेको जनाएको छ।

बोलिभियामा केही दिन यतादेखि राजनीतिक संकट चुलिएको छ। बोलिभियामा गत २० अक्टोबरमा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा निर्वाचितभएका इभो मोरालेसका विरुद्धमा थुप्रै दिनदेखि जनताले शृखलाबद्ध विरोध प्रदर्शनहरू गर्दै आइरहेका छन्।

सुरक्षाबल र प्रदर्शनकारीबीच भएका झडपको क्रममा करिव ३२ जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। अहिले राष्ट्रपति इभो मोरालेसका समर्थकहरूले प्रदर्शन गरिरहेका छन्। उनले भने राजीनामा गरिसकेका छन्।

सत्तामा उनको फिर्र्तीको माग गर्दै उनका समर्थकहरूले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन्।
यसै विरोध प्रदर्शनलाई साम्यपार्ने उद्देश्यले यहाँको संसद्ले नयाँ निर्वाचनको प्रस्तावअघि सारेको हो।

प्रतिक्रिया दिनुहोस्