अमेरिका र युक्रेनबीचको गोप्य सम्झौताका दस्तावेज सार्वजनिक



वासिंगटन,(एजेन्सी)।

अमेरिकाको विदेश विभागले राष्ट्रपति ट्रम्प सरकारको युक्रेनसंग भएका सम्झौता सम्बन्धी अभिलेखहरु प्रकासित गरेको छ। सूचना स्वतन्त्रताको अनुरोध पछि आचारसंहिताका पहरेदार निकाय अमेरिकन ओभरसाइटमा ती दस्तावेज प्रकाशित गरिएका हुन्।

ति दस्तावेजमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र ट्रम्पका नीजि वकिल रुडी गिलियानीबिच सम्पर्क भएको पनि उल्लेखित भएको अमेरिकन ओभरसाइटले जनाएको छ। ट्रम्प विरुद्ध महाभियोग लगाउने विषयको अनुसन्धान युक्रेनमाथि केन्द्रित रहेको छ।

गिलियानी विरुद्ध युक्रेनमा अमेरिकी छाँया विदेश नीति चलाउनेक्रममा युक्रेनका लागि अमेरिकी पूर्वराजदुत म्यारी योभानोभिचको अपमान गरेको अभियोग लगाइएको छ। अमेरिकन ओभरसाइटका कार्यकारिणी निर्देशक अस्टिन इभर्सले, ‘हामीले माइक पोम्पियोले किन यो सूचना कांग्रेसलाई दिन अस्विकार गरे भन्ने बुझ्न सक्छौं।

यसले गिलियानीको अमेरिकी राजदुत विरुद्धको अभियानका लागि गिलियानीबाट ओभल अफिस हुँदै विदेशमन्त्री पोम्पियोसम्म कसरी कागजात प्रसार भयो भन्ने स्पष्ट हुन्छ। यो केवर पहिलो चरणको भन्डाफोर हो। अदालती आदेश पछि मात्र यो प्रमाण सरकारका लागि खराब साबित हुँदैछ।

यि सार्वजनिक भएका दस्तावेजले ट्रम्प सरकारसँग कांग्रेसबाट अभिलेखहरू फिर्ता लिने कुनै कानुनी आधार नै नरहेको देखिन्छ।

यसबाट सरकार कानुनलाई अवरोध पुराउने कसरतमा रहेको देखिन्छ।अमेरिकी राष्ट्रपति ट्रम्पलाई युक्रेनमाथि आन्तरिक राजनीतिक विपक्षीमाथि अनुसन्धान गर्न दवाव दिने उद्देश्यले युक्रेनलाई दिइँदै आएको अमेरिकी सैनिक सहयोग फिर्ता लिएको अभियोग लगाईएको छ।

अनुसन्धान यसै वर्षको २५ जुलाईमा ट्रम्पले युक्रेनका नवनिर्वाचित राष्ट्रपतिसँग गरेको टेलिफोन वार्तामाथि पनि केन्द्रित रहेको छ।

यसैबिच राष्ट्रपति ट्रम्पले हंङकंङध्वस्त हुनबाट आफूले बचाएको दाबी गरेका छन्। उनले चीनका राष्ट्रपति सी जिंगपिंगको प्रजातन्त्रका हिमायतीहरूले गरेको आन्दोलन दबाउन सैनिक पठाउने निर्णयलाई रोकेर आफुले हंङकङध्वस्त हुनबाट बचाएको बताएका छन्।

ट्रम्पले आफूले सो प्रयास नगरेको भए केवल १४ मिनेटमै हंङकंङध्वस्त हुने भन्दै राष्ट्रपति सीलाई आन्दोलनकारीमाथि दमन गर्न सैनिक पठाउन नदिएको दाबी गरेका छन्।यद्यपी, अमेरिकी संसद्मा भने हंङकंङमा जारी प्रजातन्त्र समर्थकको पक्षमा विधेयक पेश गरिएको थियो।

उक्त विधेयकको प्रसंगमा कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्रीवादीहरूको पक्षमा वकालत गर्ने र चिनियाँ राष्ट्रपति सीको पक्षमा पनि कुराकानी गर्ने बताएका थिए।ट्रम्पले भनेकाछन्, – ‘सि जिंगपिंगले हंगकंगभन्दा बाहिर लाखौं सैनिक तैनाथ गरेका छन्।

तर तिनीहरू हंङकंङभित्र छिर्दैनन्। किनकी मैले त्यस्तो गर्नबाट सिलाई रोकेको छु। चीनले त्यस्तो गर्नु ठूलो भूल हुनेछ। यसबाट व्यापार सम्झौतामा पनि निकै ठूलो असर पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्