क्युब थ्रीका फिल्म थप आकर्षक



राजधानीको चाबहिल चुच्चेपाटीस्थित केएल टावरमा सञ्चालित एफ क्युब सिनेमाजमा अब थप आधुनिक र स्तरीय प्रोजेक्सनका साथ सिनेमा हेर्न पाइने भएको छ।एफ क्युबको क्युब थ्री हलमा गत शुक्रबारदेखि फोर के प्रोजेक्टर सञ्चालनमा ल्याइएको हो।

सो हलमा युरोपियन टेक्नोलोजीबाट बेल्जियममा निर्मित बारको १९ बी मोडेलको प्रोजेक्टर जडान गरिएको हो। यो नेपालमा भित्रिएको हालसम्मकै अत्याधुनिकसँगै महँगो प्रोजेक्टर हो। यसले फिल्मका दृश्यलाई थप आकर्षक र चहकिलो बनाएको छ।

फोर के प्रोजेक्टरले क्युब थ्रीमा प्रदर्शन हुने फिल्मलाई थप उच्च स्तरीय बनाएको छ। फोर के प्रविधिको एफ क्युब सिनेमा हल नेपालभरिकै हलमध्येको छुट्टै पहिचान भएको हल हो। ध्वनि प्रणालीलाई सिटमा कनेक्सन गराउने डिभाइसद्वारा यो हलमा ध्वनिलाई सिटमा अनुभव गर्न सकिन्छ।

यो थिएटरले यही टेक्नोलोजी जडान गरेर क्युब थ्रीलाई फिल द थ्रिल भन्ने नारा नै निर्माण गरेको हलका व्यवस्थापक रामहरि कोइरालाले बताए। उनका अनुसार हलमा ट्रिपल बिम नमक थ्रीडी डिभाइससमेत जडान गरिएको छ, जुन अरू थ्रीडी डिभाइसभन्दा प्रकाश क्षमता उच्च हुन्छ।

साथै चाइनिज डिभाइसको तुलनामा यो महँगो पनि छ। अब क्युब ३ मा थ्रीडी फिल्म हेर्दा अँध्यारोको अनुभव नहुने उनले जनाए।

एफ क्युब सिनेमाज को ३ सिनेमा हलमध्ये क्युब थ्री विशेष रहेको र दर्शकले पनि सो हललाई पहिलो रोजाइमा राखेकाले अझै विशेष बनाउन नयाँ प्रोजेक्टर जडान गरिएको हल सञ्चालक सुन्दरकुमार श्रेष्ठले जानकारी गराए। उनले सबैलाई एकपटक यसको प्रत्यक्ष अनुभव गर्नसमेत अनुरोध गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्