कबड्डी कबड्डी कबड्डी खाडी मुलुकमा



लोकप्रिय सिरिज फिल्म कबड्डीको तेस्रो संस्करण कबड्डी कबड्डी कबड्डी यूएईमा १४ दिन सफलतापूर्वक प्रर्दशनपछि हाल कतार र ओमनमा प्रदर्शन भइरहेको छ।

नोभेम्बर ६ देखि २० तारीखसम्म यूएईका ११ हलमा चलेको कबड्डी कबड्डी कबड्डी करिब ३ हजारभन्दा धेरै दर्शकले हेरेको नेपाली फिल्मको लागि खाडी मुलुकको जिम्मेवारी लिएका रमेश ढकालले जानकारी गराए।

यूएईको सफल प्रदर्शनपछि कतार र बहराइनमा यसको प्रदर्शन शुरू भएको उनले बताए। त्यसै गरी कुवेत र ओमनमा डिसेम्बर ५ तारिखदेखि प्रदर्शन गरिने उनले जानकारी गराए।

नेपालका केही राम्रा फिलिम मात्रै बेलाबेला प्रदर्शन हुने गरेको खाडी मुलुकमा अबदेखि भने हरेक महिनाको पहिलो हप्ता नेपाली फिल्म रिलिज गरिने तयारी भएको पनि ढकालले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्