के साँच्चै आऊलान् त पुटिन ?



गत शुक्रबार प्रकाशित ‘रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै’ शीर्षकको समाचारले मलाई प्रभावित बनायो। भर्खरै नेपाल भ्रमण सकेर फर्केका शक्तिशाली चिनिया राष्ट्रपति सी जिनफिङको चर्चा सेलाउन नपाउँदै मलाई यो सुन्दा गर्व लाग्यो। उनले नेकपाका सत्ताधारी कम्युनिस्ट सरकारलाई गतिलो पाठ सिकाएर गए।

नेपाल भ्रमण वर्ष २०२० नजिँकिँदै गर्दा फेरि बंगालादेशी राष्ट्रपतिले नेपाल भ्रमण गरे। पोखरा पुगेर डुंगामा सयरसमेत गरे। यसरी एकपछि अर्को भीआईपी भ्रमणले भित्रिन लागेको भ्रमण वर्षमा गतिलो प्रभाव पार्ला। अब कुरा आयो पुटिनको भ्रमणको।

विश्वकै शक्तिशाली राष्ट्रपति भनेर चिनिने उनी नेपाल आउने चर्चाले झन् उत्सुकता थपिदिएको छ।
नेपाल समाचारपत्रमा पत्रकार टीका बन्धनले लेखेका अनुसार नेपालमा युरेनियमको भण्डार छ रे !

उनी त्यही युरेनियमको अन्वेषण गर्नको लागि नेपाल आउन लागेका हुन् रे ! अब प्रश्न रह्यो, के उनी नेपाल आऊलान् त ? के सुरक्षा व्यवस्था उनको लागि ठीक छ त ? के यो साँच्चै हो त ?

यदि पुटिन नेपाल आए भने नेपाल विश्वको केन्द्र बन्ने पक्का छ। चिनिया राष्ट्रपति नेपाल भ्रमण सकेर फर्किनेबित्तिकै पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा अब अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिले भ्रमण गर्ने अभिव्यक्ति दिएका थिए।

त्यति बेला सधैँ उखान र टुक्कामा रुमलिने सरकारको कसैले वास्ता गरेनन्। तर एउटा राष्ट्रिय दैनिक पत्रिकामा समाचार प्रकाशन भएपछि यो चर्चाको विषय बनेको छ। हैरौं अब के हुन्छ ?

– मनोज कार्की,
सामाखुशी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्