प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो



SANTIAGO, CHILE – NOVEMBER 15: A riot police truck fires water to demonstrators during the ongoing protests against policies of Sebastian Piñera and longstanding inequality on November 15, 2019 in Santiago, Chile. Chilean lawmakers agreed on calling a referendum in April 2020 to replace the current constitution, written and approved during General Augusto Pinochet’s military dictatorship in 1980. People will be asked if they approve the idea of a new Magna Carta and if current lawmakers should work on the redraft of the document. (Photo by Marcelo Hernandez/Getty Images)

सान्टियागो । चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् ।

चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै आएका छन । चिलीमा लोकतन्त्रको तीन दशकमा भएका संकटहरुमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा २३ व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार व्यक्ति घाइते भएका छन् ।

चिलीमा जारी यस हिसात्मक प्रदर्शनका क्रममा भएको पछिल्लो घटनाको रुपमा १३ वर्षीय एक केटोको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीहरुले जानकारी दिएका छन् ।

सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस फेरि भेला भएर प्रदर्शन शुरु गरेका जनाइएको छ । प्रदर्शनकारी मध्येका एक युवती क्लाउडिया ओर्टोलानीले एएफपीलाई भनिन ‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं किनभने दमन जारी छ ’ सरकारले शान्ति सम्झौता जस्तै नक्कली सम्झौताहरूमा हस्ताक्षर गरिरहेको छ।’

चिलीमा मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा करिब पाँच हप्ता अघिबाट हिंसात्मक आन्दोलन शुरु भएको थियो । मानिसहरु पुनः सडकमा भेला हुन थालेपछि चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गर्नु भएको छ ।

त्यसैगरी सबै गहृमन्त्री गोन्जालो ब्लुमेलले अशान्ति अन्त्य गर्न सवै राजनितिक शक्तिहरुलाई अपिल गर्नु भएको छ

प्रतिक्रिया दिनुहोस्