सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्