पाँच लाख घुससहित सिरहाका मालपोत प्रमुख पक्राउ



न्युज अफ नेपाल, सिराहा ।

भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमिक्त प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् । मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा शुक्रबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा आएको नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए। घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले मण्डललाई रङ्गेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्