सरकारले कर बढाउने काम बाहेक अरु केही गरेन : सभापति शाह



यमलाल भुसाल, बुटवल ।

प्रतिनिधिसभा सावर्जनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागि परेको बताउनु भएको छ ।

सार्वजनिक लेखा समितिको काम सरकारको वार्षिक हिसाब किताब ठिक छकी छैन भनेर हर्ने भएको उल्लेख गर्दै १० वर्ष यतादेखिको बेरुजु फ्रस्यौट हुन नसकेको उहाँले बताउनु भयो । मुलुकमा १० बर्ष पहिले देखिको गोलमाल भएको हिसाब मिलान,कारबाहि,असुल उपर,बेरुजु फस्र्यौट,माफि लगायतका प्रकियामा समिति क्रियाशिल भएर काम गरिरहेको उहाँले बताउनु भयोे । रिपोर्टर्स क्लव प्रदेश ५ले शुक्रवार बुटवलमा गरेकोे साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देश आर्थिक मन्दीको अवस्थामा रहेको जिकिर गर्नु भयोे ।

‘यहि अवस्था रहिरहे नेपालको आर्थिक अबस्था एक दिन गर्ल्याङ गुर्लुङ ढल्नसक्छ,राज्यको ढुकुटी सरकारले जथाभावि पैसाबाढेर रित्तायो,मनपरि खर्च बढेको छ,सरकारले कर बढाउने काम बाहेक अरु केहि गरेन ।’ उहाँको कथन थियोे ।

सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उहाँले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताउनु भयो ।

सभापति शाहले अन्त शुल्कको स्टीकर छपाइको टेण्डर नेपाली कम्पनीले पाउनुपर्ने बताउदै अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाइ दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत बताउनु भयो ।

‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौं,आर्थिक चलखेलका लागि बिदेशी कम्पनीलाइ किन टेण्डर दिने,नेपालीले किन नपाउने ?’

समितिले सिमेन्ट कम्पनीहरुमाथि पनि छानबिन गरिरहेको जानकारी दिदै उहाँले ओपिसि सिमेन्टको गुणस्तरमा पनि समितिको ध्यान गएको बताउनु भयो । वाइडबढी,एनसेल लगायतमा अख्तियारले कारबाही गर्न नसकेको भन्दै अख्तियार पनि सरकारकै आदेश अनुसार चल्ने गरेको गुनासो गर्नु भयो ।

सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना समेत उहाँले गर्नु भयोे ।
सभापति शाहले सीमा बिवाद मिलाउन सरकारले भारतसंग वार्ता र सम्बाद गर्नुपर्ने बताउनु भएको छ् । भारतले मिचेको लिपुखेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले मिचिएको भूमि फिर्ता गर्नुपर्ने उहाँले बताउनु भयो । रिपोर्टर्स क्लवले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै उहाँले सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन नसक्ने बताउनु भयो ।
सीमा बिवाद मिलाएर नेपाली भूमि संरक्षण गर्ने विषयमा कांगे्रसले सरकारलाई सहयोग गर्ने स्पष्ट धारणा सार्वजनिक गरी सकेको उहाँले बताउंनु भयो ।

मुलुकमा सरकारले मनपरी रुपमा खर्च गरेको आरोप लगाउंदै उहाँले आफन्त र नातापातालाई मात्र भरणपोषण गरिएको बताउनु भयो ।
सरकारले मनपरी रुपमा आर्थिक चलखेल गरेकै कारण देशको आर्थिक अवस्था नराम्रोसंग बिग्रिएको समेत सभापति शाहको कथन थियो ।
सरकारले सिस्टम अनुसार काम नगरेकाले समस्या आएको बताउंदै देशमा नयां उद्योग कल कारखाना नखुल्नु राम्रो संकेत नभएको बताउनु भयो ।

साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्