जहाज विवाद



किभ, (एजेन्सी)।

युक्रेनले रसियाले ब्ल्याक सिबाट कब्जामा लिएर फर्काइएका आफ्ना नौसैनिक जहाजका हतियार र अन्य उपकरणलगायत शौचालयसमेत निकालेको बिहीबार आरोप लगाएको छ।

युक्रेनको नौसैनिक कमान्डर इहोर भोरोनचेन्कोले रसियाले डोम लाइट, सकेट र ट्वाइलेट बाउलसमेत निकालेको बताएका छन्।

तर रसियाली संघीय सुरक्षा सेवा (एफएसबी) ले ती जहाजलाई सामान्य अवस्थामै फर्काइएको दाबी गरेका छन्।

गत नोभेम्बरमा कब्जामा लिइएका ती जहाज गत सोमा फिर्ता गरिएको थियो। भिडियो फुटेजमा देखिएको एउटा जहाजको शौचालयमा गोली लागेको प्वाल देखिन्छ।

प्रतिक्रिया दिनुहोस्