मृत्युदण्ड रोकियो



वासिङ्टन, (एजेन्सी)।

मृत्युदण्ड दिइने तरिका गैरकानुनी हुन सक्ने तथ्यलाई ध्यानमा राखेर अमेरिकामा संघीय मृत्युदण्ड रोकिएको छ।

जनवरी र डिसेम्बरमा इन्डियानामा पाँच जना पुरुषलाई मृत्युदण्ड दिइने कार्यक्रम थियो।

यसै वर्षको शुरूमा मात्र सो राज्यमा सरकारले पुनः मृत्युदण्डको व्यवस्था गरेको थियो।

तर त्यहाँको एक अदालतका न्यायाधीशले मृतयुदण्ड दिने तरिकालाई लिएर चार जना कैदीले दिएको कानुनी चुनौती जायज ठहर्ने देखिएको बताएका छन्।

पाँचौं कैदीको मृत्युदण्ड गतमहिना नै अर्कै अदालतको आदेशमा रोकिएको थियो। अन्य चार जनालाई सुनुवाई नगरी मृतयुदण्ड दिइनु अन्याय हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्