महिलाले जिते जे एन्ड जेविरुद्धको मुद्दा



सिडनी,(एजेन्सी)। 

योनीमा जाली प्रत्यारोपण गर्ने सम्बन्धमा लामो समयदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी जोहन्सन एन्ड जोहन्सनविरुद्ध चलिरहेको मुद्दा १ हजार ३ सय ५० जनाभन्दा बढी अस्ट्रेलियाली महिलाले जितेका छन्।

अस्ट्रेलियाको संघीय अदालतले जे एन्ड जेको सहकम्पनी एथिकोनले विरामी र चिकित्सकहरुलाई आफ्ना उत्पादनबाट हुनसक्ने खतराबारे जानकारी नदिएको जनाएको छ।

बच्चा जन्माएपछि महिलाहरुका नितम्वमा आउने समस्या समाधानका लागि शल्यक्रियाबाट त्यस्तो जाली प्रत्यारोपण गर्ने गरिन्छ।

जे एन्ड जे कम्पनीविरुद्ध विश्वका विभिन्न राष्ट्रहरूबाट धमाधम त्यसको उत्पादन प्रति असन्तुष्टि जनाउँदै क्षतिपूर्तिको माग गर्दै मद्दा हाल्न थालेका छन्।

केही बिरामी महिलाले उक्त प्रत्यारोपाण कार्यपछि यौन सम्पर्क राख्दा निकै दुख्ने, रक्तश्राव हुने र अत्यन्तै असहज महशुस हुने गरेको गुनासो गर्न थालेका छन्।

न्यायाधीश अन्ना कात्जमानले सो कम्पनीले आफ्ना उत्पदनबारे प्रदान गरेको अधिकांश जानकारी गलत भएको बताएकी छिन्। मुद्दामाथि निर्णय सुनाउने क्रममा कात्जमानले एथिकाने आफैंले यदि आफ्ना उत्पादनबाट गम्भीर चोट लागेको खण्डमा क्षतिपूर्ति दिइने उल्लेख गरेको स्मरण पनि गराएकी छिन्।

यस अदालतले पिडित पक्षलाई के कति क्षतिपूर्ति दिने भन्नेबारे निर्णय आगामी वर्ष गर्ने भएको छ। एथिकोनले भने आफ्नो उत्पादनको कीर्तिमानको प्रतिरक्षा गर्दै अपिलमाथि भने विचार गरिने जनाएको छ।

जे एन्ड जेका एथिकोनले आफ्ना सम्पूर्ण उत्पादनको अनुसनधान, विकास र आपूर्तिमा जिम्मेवारी र आचारसंहिता पूर्ण रूपमा पालना गरेको दावी गरेको छ।

यस मुद्दाका प्रमुख आवेदक जुली डेभिसले अदालतको यस निर्णयको स्वागत गरेकी छिन्। उनले यस कम्पनीले महिलाहरुलाई प्रयोगका रूपमा दुरूपयोग गरेको सिड्नीस्थित अदालत भवनबाहिर पत्रकारलाई बताएकीछिन्।

प्रतिक्रिया दिनुहोस्