२१ नागरिक मारिए



बेरुत, (एजेन्सी)।

सिरियाका राष्ट्रपति बसर अल असदको सैन्य बल सहयोगी देश रुसद्वारा विद्राहीको कब्जामा रहेको क्षेत्र इद्लिबमा गरेको कारवाहीमा १० बालबालिका सहित २१ नागरिकको मृत्यु भएको छ।

सरकारी सेनाले जमीनबाट जमीनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएकोछ। आक्रमणमा ४० जना घाइते भएका छन्।

उक्त क्षेप्यास्त्र एक अस्पतालको नजिकै खसेको थियो। अर्को एक आक्रमणमा रुसका सैन्य विमानले मारेत–अल –नुमानलाई निसाना बनाउँदा ४ बच्चासहित ६ नागरिकको मृत्यु भएको जनाइएकोछ।

 

प्रतिक्रिया दिनुहोस्