काठमाडौं विश्वविद्यालय २५औं दीक्षान्त समारोह (मेडिकल) – २०७६ मंसिर ६ (नोभेम्बर २२, २०१९)

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका स्नातकहरूलाई हार्दिक बधाई



विश्वविद्यालयको परिचय
काठमाडौं विश्वविद्यालय ऐन–२०४८ द्वारा स्वायत्त, गैरमुनाफामुखी सामुदायिक शिक्षण संस्थाका रूपमा यस विश्वविद्यालयको स्थापना भएको हो ।
उच्च स्तरको शैक्षिक एवं प्राज्ञिक विशिष्टता कायम राख्न सदा समर्पित यस विश्वविद्यालयको मार्गदर्शक सिद्धान्त ‘अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय भई ज्ञान र प्रविधिको विकास गरी देशको सेवा गर्नु’ हो ।
यस विश्वविद्यालयअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि हाल ७ वटा स्कुलहरू रहेका छन् ।
धुलिखेल अस्पताल काठमाडौँ विश्वविद्यालय अस्पतालको परिचय
चिकित्सा विज्ञानको उच्च विकास सँगसँगै जटिल स्वास्थ्य समस्याको निदान र उपचारको सम्भाव्यता विश्वमै बढ्दै गएको परिस्थितिमा नेपालका ग्रामीण क्षेत्रमा स–साना रोगको उपचारको पनि अभाव तथा रोकथाम गर्न सकिने थुप्रै समस्याहरूसँगै जटिल प्रकारका रोगहरूको सामना गर्नुपर्ने समस्याहरूको समाधानका लागि नेपाल सरकारका विभिन्न स्वास्थ्य निकाय, शिक्षण अस्पतालहरू तथा निजी क्षेत्रबाट दिइँदै आएको सेवालाई अझ टेवा पुर्याउन धुलिखेलका स्थानीयबासीको पहलमा २०५३ सालमा धुलिखेल अस्पतालको स्थापना भएको हो ।
आज यो अस्पताल राष्ट्रिय स्तरको नमुना सामुदायिक एवं विश्वविद्यालय अस्पताल भएको छ ।गैह«नाफामुखी यस सामुदायिक अस्पतालले विकट गाउँमा सामुदायिक स्वास्थ्य कार्यक्रम र प्राथमिक स्वास्थ्य सेवा पुर्याउनेदेखि आधुनिक चिकित्सा प्रणालीको सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
स अस्पतालमा चिकित्साशास्त्र अध्यापन र अनुसन्धान कार्य पनि भइराखेको छ । हाल अस्पतालमा ४७५ शै®यामार्फत सेवा प्रदान हुँदै आएको छ ।
 सामुदायिक स्वास्थ्य सेवा
सेवा लिने व्यक्तिहरू सेवा दिने स्थानमा पुग्नुभन्दा सेवा दिने हातहरू सेवाग्राहीसम्म पुग्ने अवधारणाअनुसार अस्पतालले विभिन्न समुदायका व्यक्तिहरूको सहयोग तथा सहभागितामा देशका विभिन्न ग्रामीण क्षेत्रहरूमा प्राथमिक स्वास्थ्यकेन्द्रहरू स्थापना गरी चौबीसै घण्टा स्वास्थ्यसेवा पुर्याउँदै आएको छ, जुन निम्नानुसार छन् :
 सामुदायिक स्वास्थ्य सेवा केन्द्रहरू 
१) बालुवा स्वास्थ्य केन्द्र, काभ्रे २) बाहुनीपाटी स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक ३) बोल्देफेदिचे स्वास्थ्य केन्द्र, काभ्रे ४) छत्रे देउराली स्वास्थ्य केन्द्र, धादिङ ५) दाप्चा स्वास्थ्य केन्द्र, काभ्रे ६) कात्तिकेदेउराली स्वास्थ्य केन्द्र, काभ्रे ७) सलम्बु स्वास्थ्य केन्द्र, काभ्रे ८) हिन्दी स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक ९) मानेखर्क स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक १०) ढुंखर्क स्वास्थ्य केन्द्र, काभ्रे ११) किर्नेटार स्वास्थ्य केन्द्र, दोलखा १२) फलेवास स्वास्थ्य केन्द्र, पर्वत १३) दोर्पु स्वास्थ्य केन्द्र, सोलुखुम्बु १४) गौरी शंखर सामूदायिक अस्पताल, दोलखा १५) याङरिमा स्वास्थ्य केन्द्र्र १६) थाङसिङ्ग स्वास्थ्य केन्द्र, नुवाकोट १७) दुम्जा स्वास्थ्य केन्द, सिन्घुली १८) पुतर हेल्थ सेन्टर, तनहुँ
 सहकार्यमा सञ्चालित अस्पतालहरु
१) आँपपीपल सामुदायिक अस्पताल, गोर्खा २) तामाकोसी सहकारी अस्पताल, सिन्धुपाल्चोक ३) सहज सामुदायिक अस्पताल, नवलपरासी ४) वयलबाटा अस्पताल, अछाम ।
उक्त केन्द्रहरूमा प्राथमिक स्वास्थ्य सेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले चिकित्सकहरूको नियमित भ्रमण तथा विभिन्न विशेषज्ञसहितका टोलीहरूका विशेष शिविरहरू सञ्चालन गरी स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।
जनताको स्वास्थ्य, उपचारात्मकसँगै प्रतिशोधात्मक तथा सामुदायिक विकारसँग पनि प्रत्यक्ष सरोकार राख्ने भएकोले उक्त स्थानहरुमा विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि गर्दै लगेको छ जस्तै :
विद्यालय, स्वास्थ्य कार्यक्रम, खानेपानी परियोजना, सुधारिएको चुलो, माइक्रोफाइनान्स आदि ।
स्कुल अफ मेडिकल साइन्सेजको परिचय तथा यसका कार्यक्रमहरू
काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञानको अध्ययन–अध्यापनका लागि स्कुल अफ मेडिकल साइन्सेजको सुरुवात २०५१ (सन् ज्ञढढद्ध) सालमा पहिलोपटक प्राइभेट मेडिकल कलेज (मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा) लाई एम. बी. बी. एस. कार्यक्रमको सञ्चालनका लागि सम्बन्धन प्रदान गरी सञ्चालन हुँदै आएको छ ।
सन् २००७ बाट स्कुल अफ मेडिकल साईन्सेज स्वायत्त स्कुलको रुपमा सञ्चालनका लागि धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन हुँदै आएको छ ।
त्यसपछि हाल यस स्कुलअन्तर्गत नेपालभित्र ७ मेडिकल कलेज, १ डेन्टल कलेज र १ नर्सिङ कलेज गरी जम्मा ९ वटा सम्बन्धनप्रदत्त, २ मेडिकल कलेजमा विस्तारित कार्यक्रम र १ Constituent program को रुपमा सञ्चालनमा रहेका छन् भने  यी कलेजहरूमध्ये १० वटा कलेजहरूमा एम. बी. बी. एस., ८ वटामा बी. एस्सी. नर्सिङ र ६ वटामा बी. डी. एस. कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
सन् २००१ देखि धुलिखेलमा एम. बी. बी. एस. तहको अध्ययन सुरु गरी हाल आफ्नै कार्यक्रमअन्तर्गत DM/MD/MDS,M.Sc. in Nursing,M.Sc in public health,MBBS,BDS,B.Sc Nursing,Bachelor in Physiotherapy,Bachelor in Nursing Scinece,Bachelor in Midwifery,B.Sc. in Medical Imaging Technology,B.Sc. in Laboratory Medicine and PCL Nursing  कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
यस वर्ष दीक्षित हुनेहरुमा ५६.६७ प्रतिशत महिला रहेका छन् भने १० प्रतिशत विदेशी विद्यार्थीहरु रहेका छन् । काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत २५औं दीक्षान्त समारोहमा पुग्दा जम्मा १९७१ स्नात्तकोत्तर तह, एम.बी.बी.एसमा १११४९, बी.डी.एस.मा ६५६, स्नातक तह नर्सिङ्गमा १५२९ र बी.पी.टीमा ९० गरी कुल १५३९५ दक्ष जनशक्ति उत्पादन भै सकेका छन् ।
यस वर्ष स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत M.sc.in public health,B.sc in Medical imaging technology and B.sc. in Laboratory Medicine कार्यक्रमहरु सञ्चालनमा आएका छन् ।
छात्रवृत्ति
स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत शैक्षिक सत्र २०१९ बमोजिम वार्षिक एम. बी. बी. एस. कार्यक्रममा ११६ जना र बी. डी. एस. कार्यक्रममा ३१ जनालाई तथा बी.एस.सी. नर्सिङ्ग कार्यक्रममा ६ जनालाई शिक्षा मन्त्रालयमार्फत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ
काठमाडौँ विश्वविद्यालयबाट मेडिकलतर्फका सम्बन्धनप्रदत्त कलेजहरू
सम्बन्धनप्रदत्त कलेजहरू सञ्चालित कार्यक्रमहरू
मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा – एम. बी. बी. एस., बी. एस्सी. नर्सिङ , एम.डी/एम.एस र डी.एम.
कलेज अफ मेडिकल साइन्सेज, भरतपुर – एम. बी. बी. एस., बी. डी. एस., बी. एस्सी. नर्सिङ, एम.डी./एम.एस र डी.एम./एम. सी.एच.
नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज – एम. बी. बी. एस. , बी. एस्सी. नर्सिङ र एम.डी./एम.एस
काठमाडौं मेडिकल कलेज, काठमाडौं – एम. बी. बी. एस., बी. डी. एस., बी. एस्सी. नर्सिङ, , बी.एन. एस., एम.एस्सी नर्सिङ्ग र एम.डी./एम.एस
नेपाल मेडिकल कलेज, काठमाडौं-  एम. बी. बी. एस., बी. डी. एस., बी. एस्सी. नर्सिङ, एम.डी./एम.एस, एम.एस्सी नर्सिङ्ग र डी.एम..
शीर मेमोरियल हस्पिटल, कलेज अफ नर्सिङ, बनेपा – बी. एस्सी. नर्सिङ
नोबेल मेडिकल कलेज, विराटनगर- एम. बी. बी. एस., बी. डी. एस., बी. एस्सी. नर्सिङ, बी.एन.एस र एम.डी./एम.एस.
लुम्बिनी मेडिकल कलेज, पाल्पा – एम. बी. बी. एस., बी. एस्सी. नर्सिङ र एम.डी./एम.एस.
कान्तिपुर डेन्टल कलेज, काठमाडौं – बी. डी. एस. र एम.डी.एस.
बिस्तारित कार्यक्रमहरु
विराट मेडिकल कलेज, विराटनगर-  एम. बी. बी. एस. र बी.एस्सी नर्सिङ्ग
देवदह मेडिकल कलेज, रुपन्देही – एम. बी. बी. एस.
काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साईन्सेज मातहतबाट हाल करिब ७००० शैयामा अस्पतालहरू सञ्चालन भई करिब १२००० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्