सवारी दुर्घटनामा परी दुईको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

मोटरसाइकल रट्याक्टर दुर्घटनामा परी एक-एक जनाको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–४ भत्किएको पुलस्थित सडकमा भे ४ प ७२१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–१ खैरापुर बस्ने ३५ वर्षीय राजेश यादवको बिहीबार बिहान मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका यादवको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

संखुवासभाको चिचीला गाउँपालिका–१ कुवापानीमा ग १ त ४१६४ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक भोटखोला गाउँपालिका–५ बस्ने २१ वर्षीय मनोज तामाङको मृत्यु भएको छ ।

कुवापानीस्थित सडकमा ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्