दुई थान पस्तोल सहित एक जना पक्राउ



न्युज अफ नेपाल, सिरहा ।

स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थानसहित एक जना पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ चतरीघाटका २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्