नवनियुक्त उद्योग मन्त्री भट्टले भनेः मन्त्रालयमा अनुशासनहीन काम नहोस् !



न्युज अफ नेपाल, काठमाडौं ।

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’ सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनले भने, ‘अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् । यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।’

कैलाली घर भएका भट्ट डा। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए । त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्