सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा



यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाआश्रममा नेपाली सेनाले विविध सामाजिक कार्य गरेको छ ।

बुटवलमा रहेको नेपाली सेनाको गरुडदल गणले विहिवार वृद्धाआश्रममा विविध सामाजिक कार्य संचालन गरेको जथनाएको छ ।
वृद्धाआश्रममा बस्ने १० जना वृद्ध बृद्धाको नं.२२ फि.ए गुल्मका चिकित्सकद्धारा स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको थियो ।

गणबाट अधिकृतको नेतृत्वमा खटिएको फौजले आश्रम वरिपरिको क्षेत्रमा, सुत्नेकोठा,लगाउने , बिच्छाउने र ओढ्ने कपडाहरु,शौचालय लगाएतमा सरसफाई गरेको थियो । कार्यक्रमको नं.२२ बाहिनीका निमित्त बाहिनीपति महा सेनानी हेम कुमार गिरी र गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापाले संयुक्त रुपमा बृद्धाआश्रमलाई चामल, दाल, तेल, चिनी, हरियो तरकारी, मसला विस्कुट लगायतका खाद्य सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।

सो अवसरमा वहांहरुले आश्रममा बस्ने वृद्ध वृद्धाहरु संग अन्तरक्रिया समेत गर्नु भएको थियो । नेपाली सेनाले गरेको उक्त कार्यको वृद्ध बृद्धाहरुले खुशी व्यक्त गदै यस्ता सामाजिक कामलाई निरन्त्रता दिन आह्वान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्