ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट



न्युज अफ नेपाल, काठमाडौं ।

वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् ।

मन्त्रीका रुपमा पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएपछि घर फर्किने क्रममा विष्ट ट्याक्सी चढेका हुन् ।
कार्यक्रममा बोल्दै विष्टले पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।

मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका हुन् ।

‘स्वाभिमानका साथ जनतालाई केन्द्रभावमा राखेर सुधारका पहल उठाइरहेका बेला जनताको पक्षमा काम गर्ने कुरा जोखिमपूर्ण हुन्छ भन्ने अनुमान गरेकै थिएँ, अहिले अझ उचाइमा त्यसको अनुभव पनि गरें’ विष्टले भने ।

आफू मन्त्री नरहेपनि देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने उनको जिकिर छ ।‘जिन्दगी जनताको हातमा’ विष्टले भने, ‘जतिदिन रहन्छु, सामाजिक काममा रहन्छु, पार्टीको इमान्दार कार्यकर्ताको हिसाबले भूमिका निर्वाह गर्छु,’विष्टले थपे ।

प्रतिक्रिया दिनुहोस्